उठ्दै, जाग्दै र बढ्दै कविता गाउँ

sikles village kaski

नेपालकै सबैभन्दा बढी पानी पर्ने ठाउँका रूपमा कास्कीको अन्नपूर्ण गाउँपालिका–६ स्थित लुम्ले गाउँको चासो र चर्चा यत्रतत्र छ ।

sikles village kaskiनेपालको चेरापुञ्जी उपमा पाएको प्रकृतिको वरदान लुम्ले साहित्य सर्जकका लागि पनि उर्वर भूमि मानिन्छ । लोकप्रिय कवि एवं गीतकार स्व विनोद गौचनको परिकल्पनामा २०६५ साल चैत १५ गते कविता गाउँका रूपमा घोषित लुम्लेमा समय समयमा साहित्यिक सर्जक पुग्ने र घुम्ने गरेका छन् ।

चिटिक्क मिलेको झण्डै ४०० घरधुरीयुक्त यो गाउँ आफैँमा सुन्दर छ । मोटरबाटोको सुविधा नहुँदा यही गाउँको बाटो हुँदै तीर्थयात्री मुक्तिनाथ जाने भएकाले पनि यहाँको धार्मिक तथा सांस्कृतिक महत्व पनि उत्तिकै छ । सुन्दर रमणीय गाउँ भएर पनि कविता गाउँ घोषणापूर्व भने यसको खासै चर्चा थिएन । कविता गाउँ घोषणाले यहाँको महिमा र गरिमालाई देश विदेशमा पुर्याएको लुम्ले कविता गाउँका संस्थापक भक्तिराम देवकोटाले बताएका छन् ।

“कविता गाउँ घोषणासँगै यहाँ देश विदेशका साहित्यानुरागी आउने र विभिन्न कार्यक्रम गर्ने गरेका छन्”, उनले भने, “कविता गाउँमा हुने गरेका विभिन्न कार्यक्रमले यहाँका सर्वसाधारणमा पनि केही न केही सचेतना र जागरण बढाएको छ ।” ‘जति माया लाए पनि, जति कसम खाए पनि’, ‘तगारोमा रूमाल राखी बाटो छेक्यौ तिम्ले’, ‘कस्तो ठाउँमा फूल्यौ तिमी टिप्नै गाह्रो भो’ जस्ता गीत तथा ‘ढुङ्गेसाँघुको मेलामा’ र ‘पोखरामा फूल फूल्दैन’ कविता कृतिका रचयिता स्व विनोद गौचनको परिकल्पनामा घोषित कविता गाउँ उठ्दै र जाग्दै अघि बढिरहेको देवकोटाले बताएका छन् ।

आफ्ना साहित्य सिर्जनाका क्रममा लुम्लेसहित यो आसपासका घान्द्रुक, लान्द्रुक, तोल्का आदि स्थान डुल्ने गौचनले आफूलाई सहित्य तथा सङ्गीत सिर्जनाको पे्ररणा दिएको अनुभूतिका कारण यस ठाउँलाई कविता गाउँ घोषणा गर्नुपर्ने प्रस्ताव गर्नुभएको देवकोटाले अनुभव सुनाएका थिए ।

पर्यटकीय रूपमा समेत यस ठाउँको महत्व रहेको उल्लेख गर्दै देवकोटाले यही गाउँ हुँदै पुनहिल, मर्दी हिमाल र अन्नपूर्ण आधारशिविर जाने पदमार्ग रहेका कारण यसको उत्तिकै महत्व रहेको स्पष्ट पारेका छन् । विभिन्न जातजातिको साझा थलो लुम्लेमा गुरुङ, थकाली, बाहुन, क्षेत्री र विश्वकर्मा आदिको बसोबास छ भने आसपासका पोथाना, चन्द्रकोट, अष्ट्रेलियन क्याम्प, लान्द्रुकलगायतका स्थानबाट देखिने मनोरम हिमाली तथा पहाडी दृश्यले जो कोहीको मन लोभ्याउने गरेका छन् ।

कविता गाउँ घोषणासँगै साहित्यानुरागीको बढ्दो चहलपहलका साथै संस्थागतरूपमा पनि विभिन्न औपचारक कार्यक्रम हुन थालेपछि स्थानीयवासीमा सचेतना र जागरण बढाएको स्थानीय सिद्ध आधारभूत विद्यालयका शिक्षक शिव देवकोटाले बताएका छन् । विभिन्न आरोह अवरोहसमेत पार गर्दै अघि बढेको यस गाउँमा २०७२ साउन १३ गते गाउँको बीच भागहुँदै गएको पहिरोले अपूरणीय क्षति पुर्याएको उनले बताएका छन् । देवकोटाका अनुसार उक्त पहिरोमा परी गाउँका २८ जनाको निधन भएका थिए ।

विनोद गौचनले कविता गाउँका रूपमा चिनाएको लुम्ले गीतकार स्व प्रवीण गुरुङको जन्मस्थान पनि हो । गीतसङ्गीतको क्षेत्रमा राम्रै योगदान गरेका गुरुङको २०५१ साउन २२ गते काठमाडौँमा सवारी दुर्घटनामा निधन भएको थियो ।

‘यो दाजुको मिरमिरे आँखा’, ‘सालैजो हितैको माया’, ‘फूल मायामा नभुल’, ‘माथिबाट को आयो सालको पात बजाउँदै’ लगायतका चर्चित गीत गाएका गुरुङको योगदानलाई जीवन्त राख्न अन्नपूर्ण गाउँपालिका कास्कीको ५ लाख रुपैयाँ सहयोगमा हालै स्व प्रवीण गुरुङ स्मृतिपार्क निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले बताएका छन् ।

पार्क रहेको स्थानमा उनका परिवारजनले रु १ लाख ७० हजारको लागतमा स्व गुरुङको शालिक स्थापना गरेका छन् । “कला साहित्य र सङ्गीतको विकासलाई गाउँपालिकाले प्राथमिकतामा राखेको छ”, अध्यक्ष कुँवरले भने, “राष्ट्रियस्तरको एक जनासहित गाउँपालिकामा जन्मस्थान भई कला, साहित्य, सङ्गीतका क्षेत्रमा योगदान गर्ने स्रष्टालाई प्रत्येक वर्ष सम्मान गर्ने योजना पनि छ ।”

लुम्ले कविता गाउँमा स्व प्रवीण गुरुङको पार्क स्थापना हुनुले यहाँको महत्व अझै बढाएको बताउने कविता गाउँका संस्थापक अध्यक्ष देवकोटा उठ्दै र जाग्दै र बढ्दै गरेको यो स्थल गीत, सङ्गीत र साहित्यानुरागीको पुग्नैपर्ने गन्तव्यका रूपमा विकास हुने बताउछन् ।

सवारी दुर्घटनामा एकजनाको मृत्यु, तीन घाइते
मकवानपुरको हेटाँैडा उपमहानगरपालिका–१० भुटनदेवी मोडमा दुई मोटरसाइकल एकापसमा ठोक्ँिकदा १७ वर्षीय सगुन रुम्वाको मृत्यु भएको छ । हेटाँैडा उपमहानगरपालिका–१० का निवासी उहाँको आज उपचारका क्रममा चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

साथै सोही दुर्घटनामा तीनजना घाइते भएको र उनीहरुको हेटौँडामा उपचार भइरहेको प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो । गएराति हेटौँडाको बुद्धचोकबाट कर्रातर्फ जाँदै गरेको ना४९प ६२२३ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना४१प ६४३६ नंको मोटरसाइकल भुटनदेवी मोडमा एकापसमा ठोक्ँिकदा सो दुर्घटना भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा घाइते भएकाहरु हेटौँडाका विज्ञान रुम्वा, विजय लामा र विक्रम लामा रहेको बताइएको छ । उपचारपछि रुम्वालाई प्रहरीले नियन्त्रणमा राखेको छ ।

स्व गिरिजाप्रसाद कोइराला स्मृति ब्याडमिन्टन
स्व गिरिजाप्रसाद कोइराला स्मृति दोस्रो खुला ब्याडमिन्टन प्रतियोगिता यहाँ हुने भएको छ ।

विराटनगर ब्याडमिन्टन क्लबद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आगामी वैशाख १२ देखि १५ गतेसम्म सो प्रतियोगिता हुने संयोजक विनोद डाँगीले जानकारी दिनुभयो । प्रतियोगितामा छ वटा इभेन्ट्समा प्रतिस्पार्धा हुनेछ ।

१७ वर्ष मुनिका छात्रछात्रा, ४५ वर्षमाथि र ५५ वर्षका पुरुष एकल तथा महिला एकलबीच प्रतिस्पर्धा हुनेछ । विजेताले नगद रु २५ हजार र ट्रफी प्राप्त गर्ने छन् भने उपविजेताले नगद रु १५ हजार र तेस्रोले जनही रु १०÷१० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

खुल्ला प्रतियोगितामा सबै खेलाडीले भाग लिनसक्ने संयोजक डाँगीले बताउनुभयो । क्लबले गत वर्षदेखि प्रतियोगिताको आयोजना गर्दै आएको हो ।

सवारी दुर्घटनामा एकजनाको मृत्यु, तीन घाइते
मकवानपुरको हेटाँैडा उपमहानगरपालिका–१० भुटनदेवी मोडमा दुई मोटरसाइकल एकापसमा ठोक्ँिकदा १७ वर्षीय सगुन रुम्वाको मृत्यु भएको छ । हेटाँैडा उपमहानगरपालिका–१० का निवासी उहाँको आज उपचारका क्रममा चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

साथै सोही दुर्घटनामा तीनजना घाइते भएको र उनीहरुको हेटौँडामा उपचार भइरहेको प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो । गएराति हेटौँडाको बुद्धचोकबाट कर्रातर्फ जाँदै गरेको ना४९प ६२२३ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना४१प ६४३६ नंको मोटरसाइकल भुटनदेवी मोडमा एकापसमा ठोक्ँिकदा सो दुर्घटना भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा घाइते भएकाहरु हेटौँडाका विज्ञान रुम्वा, विजय लामा र विक्रम लामा रहेको बताइएको छ । उपचारपछि रुम्वालाई प्रहरीले नियन्त्रणमा राखेको छ ।

बर्माका नागरिकको जीवन रक्षा गर्न माग
म्यानमार (बर्मा) का नागरिकको जीवन रक्षा, शान्ति र लोकतन्त्र बहालीको माग गर्दै मानव अधिकार तथा शान्ति समाजले प्रदर्शन एवं दबाबका कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।

सन् २०२१ को फेबु्रवरी १ मा बर्मेली सेनाले कू गरेपछि लोकतन्त्र बहालीका लागि भइरहेको आन्दोलनमा त्यहाँको सेनाले निरन्तर दमन गर्दै आएको समाजले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बर्मामा भइरहेको दमन र हत्याको शान्ति समाजले निरन्तर विरोध गर्दै आएको छ । यही चैत २५ गते साँझ ६ः३० बजेदेखि ७ बजेसम्म बौद्धनाथ महाचैत्य अगाडि मुखमा कालोपट्टी बाँधी हातमा मैनवत्ती लिएर प्रदर्शन गर्ने कार्यक्रम रहेको महासचिव रामकृष्ण बरालले राससलाई जानकारी दिनुभयो । प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सल्लाहकार उत्तम पुडासैनीसहित नागरिक अगुवाको सहभागिता रहने जनाइएको छ ।

यसअघि ललितपुरस्थित बर्मेली दूतावास अगाडि र संयुक्त राष्ट्रसङ्घ कार्यालय अगाडि विरोध प्रदर्शन गरिसकेको छ भने शान्ति समाजका जिल्ला शाखाले एक दर्जन भन्दा बढी जिल्लामा बर्मामा लोकतन्त्र र शान्ति बहालीको मागसहित प्रदर्शन गरिसकेका छन् ।

Kantipath Media

यो छुट्टाउनु भो कि..