प्रधानमन्त्री रोजगार कार्यक्रममा बम्रलुट : ३५ दिन काम लगाएर ५० दिनको हाजिरी

पर्सा जिल्लाको पोखरिया नगरपालिकामा करोडौको बजेटमा अनियमितता भएको खुलासा भएको छ ।

प्रधानमन्त्रि रोजगार कार्यक्रम अन्तर्गत पोखरिया नगरपालीकामा पारिश्रममा आधारीत सामुदायिक योजना तथा युवा रोजगारीका लागी आएको करोडौको बजेटमा जनप्रतिनिधिहरुले बम्रलुट मच्चाएका हुन ।

प्रधानमन्त्री रोजगार योजना अन्तरगत पोखरीया नगरपालिकामा ४ सय ३९ जना लाई ५० दिन को लागी काम दिईएको पोखरिया नगरपालीका प्रधानमन्त्रि रोजगार कार्यक्रमका शाखा प्रमुख बिजय साह बताउनु भयो ।

कार्यक्रममा आएको २ करोड २७ लाख रुपैया हुदा हुदै प्रत्येक ब्यक्तीलाई १०० दिन रोजगारी दिनु पर्नेमा नगरपालिकाले ५० दिन मात्र दिएको थियो । त्यसमा पनि ३५ दिन मै पोखरिया नगरपालीकामा काम सम्पन्न गरी ५० दिनको हाजिरी बनाएर लाखौं रुपैया जनप्रतिनिधि र कर्मचारीहरुको मिलोमतोमा हिनामिना गरिएको जनाईएको छ ।

यतिसम्म मात्र नभइ नक्कली हाजिरी खडा गरी ५० दिन मध्ये ३५ दिनको रकम सम्बन्धित व्यक्तिलाई दिईएको र अन्य रकम काम गर्ने व्यक्तिको नाममा खाता जम्मा गरेर उनिहरुसँग खाली चेकमा सहि गराएर जनप्रतिनिधि तथा कर्मचारीले बैकबाट १५ दिनको पैसा निकालेर भागबण्डा गरेको प्रमाण भेटिएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत पोखरीयाका दर्जनौ ब्यक्तिहरूलाइ ३५ दिन काममा लगाएर ५० दिनको हाजिरी गरी १५ दिनको रकम उनिहरुलाई खाली चेकमा सहि छाप लगाएर लिएको पिडितहरुले बताएका छन् । पोखरीया नगरपालिकाका नगरप्रमुख दिप नारायण रौनियार लगायतका १० वटै वडाका वडा अध्यक्षहरु, वडा सदस्यहरु, बोर्ड प्रतिनिधि र कर्मचारीको मिलोमतोमा करोडौको रकम हिनामिना गरिएको प्रमाण यस अनलाइनले फेला पारेको छ ।

गरिव जनताको लागि रोजगार दिन आएको कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीको मिलोमतोमा भएको भ्रष्टाचारका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पिडितहरुले उजुरी दिने तयारी गरेका छन् । मिर्मिरे अनलाइनबाट….

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..