annapurna add

1593847833106205466 710696316160268 8690

खेत रोपाइँ गर्न गएका ललितपुरस्थित खोकनाका किसान र प्रहरीबीच झडप भएको छ। खनजोत र रोपाइँमा प्रहरीले अवरोध गरेपछि किसान र प्रहरीबीच झडप भएको हो। प्रहरीले किसानका समूहलाई लक्षित गर्दै केही सेल अश्रुग्यास हानेको छ।

स्थानीय किसानले संयुक्त रूपमा खेत रोपाइँका कार्यक्रम गरेपछि शनिबार बिहानैदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो। प्रहरीले अश्रुग्यास हानेपछि स्थानीय किसानले पनि ढुंगा हान्दा केही मानिस घाइते छन्।

फाष्ट ट्रयाक पर्ने जमिनमा खोकनाका किसानले खेत रोप्न थालेपछि प्रहरीले बल प्रयोग गरेको हो। किसानहरूले आफ्नो जग्गाको मुआब्जा नपाएकोले खनजोत गर्न पाउनुपर्ने बताएका छन्।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...