५० हजार घुस लिँदालिदै प्रहरीका इन्स्पेक्टर पक्राउ

nepal police news kantipath

nepal police news kantipath

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले फर्निचरमा उद्योगलाई काठ मिलाइदिने भन्दै घुस रकम लिँदै गर्दा सशस्त्र प्रहरी निरीक्षकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प गैडहवा–३ लोण्डिहवा रूपन्देहीका कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक दधिराम पौडेल र सोही कार्यालका सशस्त्र प्रहरी नायव निरीक्षक राजेश पासी ५० हजार घुससहित नियन्त्रणमा लिएको अख्तियार बुटवलका प्रवक्ता सुरेश भुसालले बताए ।

उनीहरुलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ

 

Kantipath Media

यो छुट्टाउनु भो कि..