अनुसन्धानमा अब्बल भन्दै कपिलवस्तुका एसपी अधिकारी प्रदेश प्रहरीद्वारा सम्मानित

नेकपा (माओवादी केन्द्र) कपिलवस्तुुकाका नेता दीपक पाण्डेको हत्या अनुसन्धानमा सफलता प्राप्त गरेका जिल्ला प्रहरी प्रमुख एसपी नवराज अधिकारी र डीएसपी धर्म भण्डारी नगदसहित पुरस्कृत भएका छन् ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयले उनीहरुलाई पुरस्कृत गरेको हो । उनिहरुलाई एक समारोहका बीच लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी रवीन्द्र धानुकले सम्मानित गरेका हुन् ।

यही जेठ ५ गते अज्ञात समूहले हानेको गोली लागी घाइते पाण्डेको जेठ १० गते उपचारका क्रममा मृत्यु भएको थियो । प्रहरीले २५ दिन लामो अनुसन्धानबाट गएको सोमबार उनकै श्रीमतीसहितको योजनामा दीपकको हत्या गरिएको सार्वजनिक गरेको थियो । घटनामा ११ जना पक्राउ परेका थिए । उनीहरुको साथबाट पेस्तोल र ६८ राउन्ड गोली समेत बरामद भएको थियो ।

अनुसन्धानमा गोली हान्ने ओमप्रकाश यादव र मृतक पाण्डेकै श्रीमती महिमाबीचको अनैतिक सम्बन्धका कारण हत्यासम्मको योजना बनेको खुलेको थियो ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..