डिएसपीको काज सरुवा हुँदै : को कहाँ ?

प्रहरी प्रधान कार्यालयले डिएसपीको काज सरुवाको तयारी गरेको छ । विश्वस्त स्रोतका अनुसार बौद्धमा केशव भट्टराईको सरुवाको तयारी हुदैछ । दिपक खड्का आर्थिक अनियमितताको आरोपमा प्रहरी परिसर तानिएपछि महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेमा राजन लिम्बु वा अनिल घिमिरे मध्ये एक जनालाई पठाउने तयारी छ ।

आर्थिक अपचलन गरेको उजुरी परेपछि रानीपोखरीले छानबिन समिति नै बनाएर डिएसपी खड्कामाथि अनुसन्धान थालेको थियो। खड्का विगत १६ महिनादेखि साह्रखुट्टेमा कार्यरत थिए।

प्रहरी स्रोतका अनुसार सुरक्षा संबेदनशील क्षेत्र मानिएको महाराजगंजमा मिनबहादुर कुँवरलाई पठाउने तयारी छ । उपत्यका बाहिर बुटवलमा डिएसपी मदन कुँवरको काज सरुवाको चर्चा छ । सरुवा १/२ दिन भित्र नै हुने प्रहरी प्रधान कार्यालय निकट स्रोतले बतायो ।

 

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..