मन्त्रीले देखे प्रहरीको ‘पावर’ : ट्राफिक नियम तोड्दा गाडीमा ‘ह्विल लक’

ट्राफिक प्रहरीले गलत स्थानमा पार्किङ गरेको मन्त्रीको गाडीलाई ‘ह्विल लक’ लगाएको छ । नयाँबानेश्वरमा पार्किङ निषेध गरिएको स्थानमा पार्किङ गरेको मन्त्रीको गाडीमा ट्राफिक प्रहरीले ह्विल लक लगाइदिएको हो ।

बा २ झ ३१४२ नम्बरको मन्त्रीको गाडीको चक्कामा ह्लिक लक लगाइएको हो । कुन मन्त्रालय र मन्त्रीको गाडी हो भन्ने खुलिसकेको छैन । उक्त गाडीमा ह्विल लक लगाएको तस्विर भुवन थापा नामक सामाजिक सञ्जाल प्रयोगकर्ताले आफ्नो ट्वीटर अकान्टमार्फतथ सार्वजनिक गरेपछि सबैको ध्यान तानिएको छ ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..