मिसिलमा मृतककै फोटो नक्कली देखेपछि आफन्त आक्रोसित

Police Urlabari

मिसिलमा मृतकको फोटो नै नक्कली राखेको पाइएपछि मृतकका आफन्तहरु आक्रोसित भएका छन् । प्रहरीले मिलेमतोमा मृतकको फोटो परिवर्तन गर्दै मुद्दा कमजोर बनाउन खोजेको भन्दै प्रहरी कार्यालयमा रहेमा आफन्तले विरोध जनाएका छन् ।

Police Urlabariमोरङको उर्लाबारी–५ का प्रवीण बास्तोला गत पुस ५ गते मृत फेला परेका थिए । उनको मृत्यु हुँदाका समयमा सँगै रहेका व्यक्तिहरुलाई छाडेको र मिसिलमा समेत घटनास्थलको फोटो परिवर्तन गरेको भन्दै आफन्तहरुले विरोध जनाएका हुन् ।

प्रहरीले लापर्वाही गरेको भन्दै विरोध जनाएर पुगेका आफन्त र स्थानीय बासिन्दालाई फाइल देखाउँदा स्पष्ट रुपमा नक्कली फोटो टाँसेको पाइएपछि थप तनाव सिर्जना भएको हो ।

मृत अवस्थामा फेला पर्दा मृतकको गलामा सिक्री नभएको र अहिले मिसिलमा चाँदीको सिक्री लगाएको पाइएको छ । यद्यपि मृत अवस्थामा फेला पर्दा चिनिने अवस्थामा देखिएको प्रवीणको फोटो नचिने खालको मिसिलमा राखेको पाइएको छ ।

नचिनिने मुचुल्का रहेको पाइएपछि प्रहरीको लापर्वाही भन्दै स्थानीयले प्रहरी कार्यालय घेराउ गरेका छन् ।

प्रवीणका बुवा प्रेम बास्तोलाले भने, ‘प्रहरीले आफूहरुलाई प्रत्येकपटकको भेटमा अलग अलग जानकारी दिने गर्छ, मर्ने त मरिगए तर न्याय मर्नु भएन ।’

कर्तब्य ज्यानको मुद्धालाई दुर्घटनामा परिणत गर्न प्रहरीहरू नै संलग्न भएको पीडितको आरोप छ ।

किटानी जाहेरी दर्ता गर्न पटक–पटक इलाका प्रहरी कार्यालय उर्लावारी जाँदा प्रहरी निरीक्षक उद्धव पोखरेलले उल्टै थर्काएको मृतककी बहिनी दुर्गा बास्तोलाले बताइन् ।

प्रहरी निरीक्षक पोख्रेलले भने कर्तब्य ज्यानको कुनै प्रमाण फेला नपरेकाले छाडिएको बताए । नागरिक खबरबाट

Kantipath Media

यो छुट्टाउनु भो कि..