प्रभुका दुख : पार्टी फेर्दा आफ्नो मन्त्री र सांसद पद गयो, श्रीमतीको मेयर !

मौलापुर नगरपालिकाको नगरसभामा बिहिबार कुटाकुट भयो । मेयर रीनाकुमारी साहले आफ्नै पति पूर्वमन्त्री प्रभु साहलाई अतिथिका रुपमा डाकेकी थिइन् । त्यसको विरोधमा काँग्रेस, माओवादी र नेकपा एमालेका माधवकुमार नेपाल पक्षीय प्रतिनिधिले विरोध गरे ।

नगरसभामा विवाद भएपछि कुटाकुट भयो । स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज र अश्रुग्याँस नै प्रहार गर्नुपर्यो । नगरसभामा झडप भएको दिन बेलुकी निर्वाचन आयोगले मेयर साहको पद रिक्तको सूचना प्रकाशित गर्यो । यसलाई संयोग नै मान्नुपर्छ ।

रीना साह पूर्वमन्त्री प्रभु साहको प्रभावका कारण पनि मौलापुर नगरपालिकामा निर्वाचित भएकी थिइन् । उक्त नगरपालिका प्रभु साहको गृहनगर हो । साह माओवादी छाडेर एमाले प्रवेश गरेका हुन् । रीना साह पनि एमालेमा प्रवेश गरेपछि दल त्यागसम्बन्धी सूचना प्रकाशित गर्न माओवादी केन्द्रले निर्वाचन आयोगमा पत्र लेखेको थियो । एमाले प्रवेश गर्दा प्रभु साहको सांसद र मन्त्री पद दुवै गुमेको छ । अहिले साह दलविहिन अवस्थामा छन् । उनि र टोपबहादुर रायमाझी केहि दिन अगाडी आफु कुन पार्टीको हो भन्दै सोध्न निर्वाचन आयोग पुगेका थिए ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..