प्रभु साह प्रमुख अतिथि बनेको कार्यक्रममा कुटाकुट : प्रहरीद्वारा अश्रुग्यास प्रहार

रौतहटको मौलापुर नगरपालिकाे नगरसभामा कुटाकुट भएकाे छ । पाचाैँ नगरसभा चलिरहेका बेला दुई पक्षबीच हानाहान भएकाे हाे । माओवादी छोडेर एमालेमा लागेका नेता प्रभु साह पक्ष र अन्य दलका कार्यकर्ताबीच झडप भएको प्रहरीले जनाएकाे छ । ठूलै झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गरेको छ ।

नगरसभाको प्रमुख अतिथि प्रभु साह छन् । माओवादी त्यागेर एमालेमा प्रवेश गरेका साहकी श्रीमती रिनाकुमारी साह मौलापुर नगरपालिकाकी मेयर हुन् । विपक्षी नेताहरूले नगरपालिकामा ठूलै हिनामिना भएकाे आराेप लगाएका छन् ।

नगरपालिकामा अनियमितता भएको भन्दै विपक्षी दलका नेताहरुले विरोध प्रदर्शन गरेपछि दोहोरो झडप भएको हो । नगर सभामा बजेट पेश गर्ने क्रममा विपक्षी दलहरुको विरोध भएपछि झडप भएको हो । झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन केही राउन्ड अश्रुग्यास प्रहार गरेको प्रहरीले जनाएको छ ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..