को हुन् ३ महिनापछिका प्रधानसेनापति प्रभुराम शर्मा ? यस्तो छ सम्पति विवरण !

आफ्नो कार्यकालको हजार दिन पुगेको अवसरमा पत्रकार सम्मेलन गरी प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनामा सुधारका काम आफ्नो कार्यकालमा नभएका जति अर्का प्रमुखले गर्ने बताए। उनले तयार पारेका उत्तराधिकारीबाट नेपाली सेनाले गरिरहेको र जारी राखेका राम्रा काम हुनेछन्। थापाका उत्तराधिकारी अर्थात् आगामी सैनिक प्रमुख हुन्, जर्नेल प्रभुराम शर्मा।

शर्मा ४४ औं प्रधानसेनापतिका रुपमा करिब ३ महिना पछि फूली लगाउँदैछन्। हाल उपरथी रहेका शर्मा काठमाडौँको नागार्जुन नगरपालिका वडा नं ४ लाम्थुम्कीका स्थायी बासिन्दा हुन् । सामूहिक नेतृत्वलाई मन पराउने शर्मा इतिहासका ज्ञाता पनि हुन्। उनले त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्तर गरेका छन् भने भारतबाट नेशनल डिफेन्स कोर्स (एनडीसी) को तालिम र अमेरिकामा पनि सैन्य शिक्षा हासिल गरेका अधिकारी हुन्। शर्मा युद्ध कार्यका लागि अब्बल अधिकारी मानिन्छन्।

शर्माको नागार्जुन नगरपालिका वडा नं ४ लाम्थुम्कीमा आमा सुभद्रा पौडेलको नाममा ६ आना क्षेत्रफलमा साढे २ तले घर रहेको छ । आमा सुभद्रा पौडेल कै नाममा शर्माको नागार्जुन नगरपालिका वडा नं ४ मा ८.५ र वडा नं ६ मा चार रोपनी जग्गा रहेको छ । शर्माकी श्रीमती सुनिता शर्माको नाममा ललितपुर महानगरपालिका १५ मा आठ आना जग्गा रहेको छ, जुन त्यो समयमा २० लाख रुपैयाँमा खरिद गरिएको हो ।

शर्मासँग १३.५ तोला सुन र २० तोला चाँदी रहेको नेपाली सेनाको अभिलेखमा उल्लेख छ । शर्मासँग राष्ट्रिय बाणिज्य बैंक, विशालबजारमा १९ लाख र नबिल बैंक बानेश्वरमा ४७ हजार अमेरिकी डलर रहेको उल्लेख छ । हालका प्रधानसेनापति थापाले २०७८ भदौ २४ मा अनिवार्य अवकास पाएसँगै शर्मा उनको ठाउँमा नेपाली सेनाको प्रधानसेनापति बन्नेछन् ।

नेपाली सेनाको युद्धकार्य महानिर्देशकको समेत जिम्मेवारी सम्हालिसकेका उपरथी शर्मा हाल सम्भाररथी विभागको प्रमुख छन् । शर्माको रथीको दुई वर्षे पदावधी २०७८ पुष सम्म कायम रहनेछ । हालका प्रधानसेनापति थापा शर्माभन्दा ४ महिनाअघि नै अनिवार्य अवकासमा जाने भएपछि शर्मालाई सेनापति बन्न कुनै समस्या हुनेछैन ।

सेनामा दुई जना रथीको दरबन्दी रहेको छ । अर्का रथी शरद गिरीले पनि आगामी असार ०६ गते अनिवार्य अवकास पाउनेछन् । श्री पूरानो गोरख गणका गणपति समेत रहेका शर्माले नम्बर ६ बाहिनी अड्डा बैरेनी तथा मध्य पृतना हेडक्वाटर सुपारिटार ब्यारेक हेटौँडा कमाण्ड गरिसकेका छन् ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..