म पनि चुकेँ, इमान्दारभन्दा चाकडी गर्नेले अवसर पाए : प्रचण्ड

Pushpa Kamal Dahal Prachanda.2e16d0ba.fill 650x500

Pushpa Kamal Dahal Prachanda.2e16d0ba.fill 650x500

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलगायतको नेतृत्वपंक्तिले आत्मसमीक्षा गर्नुपर्ने अनुभूति भएको बताएका छन्। उनले क्रान्तिकारी र इमान्दार कार्यकर्तालाई छायाँमा पारेर जालिफटाहा तथा चाकडी गर्नेहरुलाई मात्र अवसर दिइयो कि भनी समीक्षा गर्नुपर्ने अनुभूति भएको उनले बताएका छन्।

अब नेतृत्वले आत्मसमीक्षा गर्नुपर्छ भनेर आफूले सार्वजनिक र पार्टीका बैठकहरुमा पनि भन्ने गरेको उनले स्मरण गरे। प्रचण्डले ढिलै भए पनि त्यो अनुभूति हुनु राम्राभएको दाबी गरे। ‘अनुभूति हुँदै नहुनु भन्दा त ढिलै भए पनि हुनु त राम्रो हो नि,’ माओवादी नेता कार्यकता सहभागी सो कार्यक्रममा उनले भने। माओवादी पार्टीसँग युद्ध र लोकतान्त्रिक आन्दोलन गरेको अनुभवको पुँजी भएको हुँदा त्यसमै बढी जोड दिनुपर्ने उनको भनाइ थियो। ‘त्यसैले हामीले आफ्नै खुट्टा र संगठनमा टेक्नुपर्यो र आफैलाई मायाँ गर्ने जनतातर्फ, गाउँगाउँ र टोलटोलमा फर्कनुपर्यो,’ उनले भने।

‘हामीले अलि अरुसँग चलखेल गरेरै सबै ठीक हुन्छ भन्ठानेर आफ्नै धर्ति बिर्सेउँ कि क्या हो, हामीलाई मायाँ गर्ने र पार्टीलाई यो उचाईमा ल्याइपुर्याउने इमान्दार क्रान्तिकारी नेता कार्यकर्ता छायाँमा परेजस्तो, अलि जालिफटाहा जस्ता, नेतृत्व वरिपरि घुमेर चाकडी गर्नेजस्ताले एकपछि अर्को अवसर पाए की क्या हो, त्यहाँनेर म आफैँ पनि अलिकति चुकेँ कि क्या हो भन्ने चिन्ता आजभोलि भइराख्या छ,’ मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘ढिलै भए पनि त्यो अनुभूति हुनु त राम्रो हो नि, हुँदै नहुनुभन्दा त हुनु राम्रो हो नी।’

Kantipath Media

यो छुट्टाउनु भो कि..