पार्टी कस्तो बनाउने हो ? इमेलबाट सुझाब पठाउन कार्यकर्तालाई प्रचण्डको आग्रह

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी पुनर्स‌रचनाको संकेत गरेका छन् । आइतबार उनले आफ्नो फेसबुक पेजमार्फत् आगामी दिनमा पार्टीको राजनीतिक एव‌ संगठनात्मक संरचनालाई समेत नयाँ ढंगले अघि बढाउने सोच बनाएको बताएका हुन् ।

उनले फेसबुकमा लेखेका छन् ‘हाम्रो गौरवशाली पार्टी नेकपा (माओवादी केन्द्र) द्वारा आगामी दिनका लागि विचार, राजनीतिक, संगठनात्मक संरचना, घाइते अपॉग एवं शहिद परिवार लगायत नेता कार्यकताको आचरण अनि व्यवस्थापन र जिम्मेवारीको बारेमा नयॉ ढंगले अगाडी बढाउने सोच राखेकोले उचित राय सल्लाह सुझावको अपेक्षा गरिएको छ।’

सुझाव दिनको लागि [email protected] मा आफ्नो धारणा पठाउन सकिने प्रचण्डले जानकारी दिएका छन् । उनले पार्टी कस्तो बनाउने भन्ने बारेमा इमेल मार्फत् सुझाव दिन आग्रह समेत गरेका छन् ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..