प्रचण्डकाे परिवार उड्यो युएई भ्रमणमा

prachanda tour kantipath

अध्यक्ष प्रचण्ड मंगलबार बिहान पत्नी सीता, छोरीहरु रेणु दाहाल र गंगा दाहालसहित युएई प्रस्थान गरेका हुन् । उनीहरुको उडान बिहान ९:३० फ्लाई दुबईमा उडान भएको हो ।

पारिवारिक स्रोतले जानकारी दिएअनुसार यो भ्रमण प्रचण्डको नितान्त पारिवारिक भएको र लामो समयदेखि बिरामी पत्नी सीताको इच्छामा यो भ्रमण तय गरिएको जनाएको छ ।

युएई भ्रमणका क्रममा अध्यक्ष दाहालले कुनै पनि राजनीतिक भेटघाट नगर्ने कार्यक्रम रहेको बताइएको छ ।

यसअघि सोमबार बसेको सचिवालय वैठमा पनि अध्यक्ष दाहालले आफ्नो युएई भ्रमणबारे जानकारी गराएका थिए ।

 

Kantipath Media

यो छुट्टाउनु भो कि..