राष्ट्रपति भेट्न प्रचण्ड शितलनिवासमा

5efdb2d168c51 prachadna

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् । पार्टीभित्रको विवाद अन्त्यको प्रयास भइरहेका बेला नेकपा अध्यक्ष प्रचण्ड शीतलनिवास पुगेका हुन् ।

भोलिका लागि बोलाइएको नेकपा सचिवालयको बैठक अध्यक्ष ओलीले जसरी पनि टार्ने तयारीमा छन् । अर्का अध्यक्ष प्रचण्डलगायत नेताहरु बैठक बस्ने दाबी गर्दै आएका छन् । प्रचण्डले बुझाएको एकल प्रस्ताव फिर्ता नगरेसम्म ओलीले बैठक सार्ने तयारी गरेका छन् भने प्रचण्ड आफूले पेस गरेको प्रस्ताव फिर्ता नलिने अडानमा छन् ।

गृहमन्त्री रामबहादुर थापा बादलसहित ६ जना सचिवालय सदस्यहरु बैठक राख्ने पक्षमा रहे पनि ओलीसहित, पोखरेल र पौडेल भने बैठकको विपक्षमा छन् । उनीहरुले अध्यक्ष प्रचण्डले सचिवालयमा दर्ता गराएको राजनीतिक प्रस्ताव फिर्ता लिए मात्र बैठक राख्न सकिने अडान लिएका छन् । तर, बहुमत सचिवालय सदस्यहरु उक्त प्रस्ताव फिर्ता लिन तयार छैनन् ।

प्रधानमन्त्रीले यसअघि वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमसँग प्रत्यक्ष भेटवार्ता गरेर उक्त प्रस्ताव फिर्ता लिन आग्रह गरेका थिए । प्रधानमन्त्री ओली पक्षधर नेताहरू भने प्रचण्डले राजनीतिक प्रतिवेदनको नाममा लगाएको आरोप फिर्ता नलिएसम्म बैठक बस्नुको ‌औचित्य नहुने अडानमा छन्। प्रचण्डले पेश गरेको प्रतिवेदन पार्टीको विधानविपरीत समेत रहेको प्रधानमन्त्री निकटका अर्का एक स्थायी कमिटी सदस्यले बताए।

Kantipath Media

यो छुट्टाउनु भो कि..