सात दिने अल्टिमेटमसहित प्रधानमन्त्रीलाइ मोर्चाले बुझायो ज्ञापनपत्र

काठमाडौं  । प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले पाँच बुँदे ज्ञापनपत्र बुझाएको छ ।

prachanda with morcha min

प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर मोर्चाका नेताहरुले आफ्ना माग पूरा नभए सरकारलाई दिइएको समर्थन सात दिनपछि स्वतः नरहने जानकारी गराएका हुन् ।

मोर्चामा आबद्ध सात दलका नेताले प्रधानमन्त्री प्रचण्डलाई भेटेर स्थानीय निर्वाचनका सबै कार्यक्रम फिर्ता लिन पनि माग गरेका छन्. ।

उनीहरुले संविधान संशोधन गरी आफूले उठाउँदै आएको मुद्दा सम्बोधन गर्नुपर्ने, स्थानीय तहका संरचनालाई प्रदेशको क्षेत्राधिकारभित्र राखिनुपर्ने तथा सरकार गठन गर्दा भएको तीनबुँदे सम्झौता कार्यान्वयन हुनुपर्ने माग गरेको छन् ।

सप्तरीमा सोमवार भएको घटनामा मारिएकालाई शहीद घोषणा गरी क्षतिपूर्ति दिन र घटनाको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्नपनि नेताहरुले सरकारसँग माग गरेका छन् ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले मोर्चाका नेताहरुले माग बुझाएको र सो सम्बन्धमा प्रधानमन्त्रीले सत्ता गठनबन्धन र अरु दलसँग छलफल गरेर सम्बोधनको पहल गर्ने विश्वास दिएको जानकारी दिए ।

यसअघि मंगलबार काठमाडौंमा बैठक गरी मोर्चाका नेताहरुले फागुन २७ गते नेपाल बन्द गर्नेसहितका माग सार्वजनिक गरेका थिए ।

Kantipath Media

यो छुट्टाउनु भो कि..