प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित

pradesh sava pradesh 1

प्रदेश नं १ प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशनको चौथो बैठक यही चैत २ गते बस्ने भनिएकामा अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको छ ।

pradesh sava pradesh 1प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीको आदेशानुसार प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीद्वारा हस्ताक्षरित सूचनापत्रमा विशेष कारणले प्रदेशसभा नियामावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम अर्को सूचना नभएसम्मका लागि बैठक स्थगन गरिएको जनाइएको छ ।

यसअघि गत फागुन १९ गते प्रकाशित सूचनामा सोमबार अपराह्न १२ः३० बजे बैठक बस्ने भनिएको थियो ।

सम्पदा क्षेत्र निर्माण गर्दा नेपाली शैली र मौलिकता अपनाइने
वाग्मती प्रदेश भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेशका विभिन्न जिल्लामा सडक यातायात, सिँचाइ, तालतलैया, सम्पदा, र राजकुलो निमार्णका लागि प्रदेश सरकारले नेपालीशैली र मौलिकतालाई अवलम्बन गर्नु निर्देशित दिइएको बताउनुभएको छ ।

वाग्मती प्रादेशिक एवंं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमका लागि प्रदेशका विभिन्न जिल्लाका जनप्रतिनिधि र भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सञ्जीव बरालबीच भएको सम्झौताको हस्तान्तरण समारोहमा आज उहाँले प्रदेश राजधानी हेटौँडालगायत काठमाडाँै उपत्यकाका ढुङ्गेधाराको पुनर्निमाण, सडकलाई कालोपत्र गर्ने र तुइनलाई विस्थापित गर्ने कार्यमा सरकारले उच्च प्रथामिक्ता दिई कार्य गरेको उल्लेख गर्नुभयो ।

उहाँले आफ्नो मन्त्रालयले तीन वर्षको अवधिभित्र प्रदेशका १३ जिल्लामा ८९० किलोमिटर सडक निर्माण, ४०५ किमि सडकमा ग्राभेलिङ र २१९ किमि सडकमा कालोपत्र गर्ने कार्य समपन्न गरेको पनि स्पष्ट पार्नुभयो । मन्त्री फुयाँलले प्रदेशका विभिन्न जिल्लामा अहिलेसम्म गरी ३३ वटा पक्की पुलको निर्माण सम्पन्न गरिसकिएको र अहिले काठमाडौँ उपत्यका, मकवानपुरको थाहा नगरपालिका र ललितपुर, नुवाकोटमा समेत गरी २४ वटा राजकुलोको निर्माणकार्यलाई तीव्रता ल्याइएको बताउनुभयो ।

उहाँले सडक यातायात, झोलुङ्गे पुल, तालतलैया, सिँचाइको निर्माण गर्ने क्रममा दिगो र जीवन्त राख्न सकिने र गुणस्तरीय सेवा निर्माणका लागि सरकारले आवश्यक स्रोतसाधन र प्राविधिक जनशतिm उपलब्ध गराइसकिएको उल्लेख गर्नुभयो । मन्त्री फुयाँलले प्रदेश राजधानी हेटाँैडाअन्तर्गत पर्ने पूर्व–पश्चिम राजमार्गको चुरियामाई मन्दिर नजिक ऐतिहासिक १०४ वर्ष पुरानो २०० मिटर सुरुङमार्ग निर्माणका लागि अन्तर्राष्ट्रियस्तरको बोलपत्रको सूचना आह्वान गरिसकिएको र छिट्टै निर्माण शुरु गरिने बताउनुभयो । उहाँले मकवानपुरको थाहा नगरपालिकाको दामन, पालुङ, चित्लाङमा गरी ऐतिहासिक ११ र उपत्यकाको तीन गरी १४ वटा ढुङ्गेधाराको निर्माणलाई प्रदेश सरकारले तीव्रता दिइरहेको बताउनुभयो ।

समझौता हस्तान्तरण कार्यक्रममा वाग्मती प्रदेश प्रादेशिक एवंं स्थानीय सडक निर्माण र सुधार कार्यक्रमका प्रमुख अधिकृत मोहन चापागार्इंले प्रदेशका विभिन्न जिल्लाबाट सडक र झोलुङ्गे निर्माणका लागि माग भई आएका ६० वटा निवेदनमाथि एक हप्ताभित्र छानबिन गरी पहिलो चरणमा ठाउँ तोकिने र बोलपत्र आह्वान गर्न गृहकार्य भइरहेको जानकारी दिनुभयो ।

खवासलाई आदिवासी जनजातिमा सूचीकृत गर्न माग
खवास समाज परिषद् केन्द्रीय समितिले खवास जातिलाई आदिवासी जनजातिमा सूचीकृत गर्न माग गरेको छ । परिषद्ले आज यहाँ पत्रकार सम्मेलन गरी नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान २०५८ को तथ्याङ्कमा आदिवासी जनजातिकै सूचीमा खवास जाति छुटेकाले यसलाई सच्याउन आग्रह गरेको हो ।

परिषद्का अगुवा कुमारविक्रम खवास, सन्तलाल खवास, सुरेशकुमार खवास र प्रभागकुमार खवासले खवास जातिले बेग्लै पहिचान बोकेकाले यसको अलग्गै सूचीकरण हुनुपर्ने माग गर्नुभयो । परिषद्का पूर्वध्यक्ष तिलकचन्द्र चौधरी खवासले २१औँ शताब्दीमा पहिचान मेटाएर आफ्नो अधीनमा गर्न अभिष्ट पूरा गर्न खोज्नु न्यायसम्मत नभएकोे बताउनुभयो । परिषद्को अध्ययनअनुसार सुनसरी, मोरङ, झापा, धनुषा र केही पश्चिमी जिल्लामा करिव दुईलाख खवास जातिको बसोबास पाइन्छ । राष्ट्रिय जनगणना २०६८ का अनुसार देशभरमा १८ हजार मात्र खवास जाति देखाइएकाले यो सङ्ख्या थारु जातिमा मिसाइएर थारु जातिको सङ्ख्या अधिक देखाइएका विषयमा पनि परिषद्ले आपत्ति जनाएको छ ।

लहान मालपोत कार्यालय बम बिस्फोटमा आठ घाइते
सिरहाको लहानस्थित मालपोत कार्यालयमा आज अपराह्न बम विस्फोट हुँदा एक कर्मचारीसहित आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको गम्भीरावस्था छ ।

कार्यालय सञ्चालन भइरहेका बेला भवनको पहिलो तल्लामा अचानक अपराह्न १ बजेतिर बम बिस्फोट हँुदा छर्रा लागेर मालपोत कार्यालय लहानमा कार्यरत कर्मचारी ३८ वर्षीय शिवकुमार यादव र लेखापढी व्यववसायी ७८ वर्षीय भोला पाचेमगर घाइते हुनुभएको छ ।

बमकै छर्रा लागेर सेवाग्राही सिरहा, धनगढीमाई नगरपालिका– १३ निवासी ३५ वर्षीय दिनेश भण्डारी, लहान नगरपालिका– १६ तरेगाना निवासी ५२ वर्षीय लालबहादुर विक, भगवानपुर गाउँपालिका– ३ निवासी ५४ वर्षीय बद्रीनारायण यादव, गोलबजार नगरपालिका– ४ निवासी ३८ वर्षीय फुलकुमार ठाकुर तथा गोलबजार– ६ निवासी ३५ वर्षीय लक्ष्मी राणा र ३५ वर्षीया बेचनी मगर घाइते भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

घाइतेमध्ये भण्डारी र कर्मचारी यादवको अवस्था गम्भीर रहेकाले उपचारका लागि विराटनगर पठाइएको र बाँकी घाइतेको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक तपनकुमार दाहालले जानकारी दिनुभयो ।

विस्फोटबाट कार्यालयको एउटा कोठामा आगोसमेत लागेको छ । आगो वारुण यन्त्रले तत्कालै नियन्त्रणमा लिएको थियो । उहाँका अनुसार घटनास्थलमा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्तिमोर्चाको पर्चा पम्पलेट फेला परेको छ ।

प्रम कृषि आधुनिकीकरण परियोजनाद्वारा बाली छनोट
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ काभ्रेपलाञ्चोकले जिल्लामा राष्ट्रिय महत्वका प्राथमिकता प्राप्त बालीको छनोट गरेको छ । जिल्ला परियोजना समन्वय तथा अनुगमन समितिको बैठकले खाद्यान्न, पशुपालन तथा तरकारीजन्य बालीलाई प्राथमिकतामा राखेको हो । छनोट गरिएकामा धान, मकै, गहुँ, तरकारी, आलु, सुन्तला, स्याउ, आँप, केरा, दूध (गाई–भैँसी), माछा, मासु (बाख्रा, बङ्गुर), मौरी तथा निर्यात प्रवद्र्धनबाली (कफी, अलैँची, अदुवा, बेसार) दलहन–तेलहनबाली रहेका छन् ।

परियोजनाका वरिष्ठ कृषि अधिकृत प्रकाश पौडेलका अनुसार प्रदेश सरकारका जिल्लास्थित कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमार्फत सञ्चालन हँुदै आएका ब्लक (सम्भाग)लाई ‘जोन’को तहमा स्तरोन्नति गर्न दूध (गाईभैँसी), तरकारी, मासुजन्य (बाख्रा) फलफूल तथा निर्यातजन्य बाली कफीलाई प्राथमिकीकरण गरिएको छ । यी क्षेत्रमा अपेक्षित सफलता हासिल गर्नसके ती क्षेत्रलाई विषयगत बाली तथा पशुपालनका ‘सुपर–जोन’का रूपमा परिचित गराइने योजना बनाइएको छ ।

जिल्लामा प्राथमिकतामा परेका बालीलाई स्थानीय तहले आ–आफ्नो भूगोल तथा मौसमअनुसार कार्यपालिकाको बैठकमार्फत निर्णय गरी कार्यान्वयनमा ल्याउनेसमेत निर्णय गरिएको जिल्ला परियोजना समन्वय तथा अनुगमन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले बताउनुभयो । “परियोजना सञ्चालित स्थानीय तहका जनप्रतिनिधिको उपस्थितिमा परियोजना कार्यान्वयन गर्ने निणय भएको छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार काभ्रेपलाञ्चोकका १३ स्थानीय तहमध्ये छ नगरपालिका र बेथानचोक गाउँपालिकामा परियोजना सञ्चालन गरिएको छ ।

बेथानचोक गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले परियोजनाले प्राथमिकतामा राखेको बालीका विषयमा वडा भेलामार्फत छलफल गरी आवश्यकतानुसारको बाली लगाउन प्रेरित गर्दै जाने बताउनुभयो । धुलिखेल नगर उपप्रमुख विमला शर्माले वडामार्फत प्राथमिकीकरण गरिएका बालीमध्ये आयोजना माग गरी कार्यान्वयनमा जाने बताउनुभयो । “हामीले यो नै बाली लगाउनु भन्न मिल्दैन, कृषकको भूगोल र रुचिअनुसारको योजना दिनुपर्छ”, शर्माले भन्नुभयो ।

जिल्ला परियोजना समन्वय तथा अनुगमन समितिले परियोजना कार्यान्वयनका लागि स्थानीयस्तरमा सहजीकरण गर्ने, परियोजनामा तोकिएका कार्यक्रममा अन्तरनिकाय समन्वय तथा अनुगमन गर्ने परियोजना सञ्चालनका दौरान आइपर्ने समस्यालाई समाधान गर्ने छ ।

यस्तै स्थानीय तहले आफ्नो पालिकाभित्रका १२ डिग्रीभन्दा कम भिरालो भएका र तत्काल बस्ती विस्तारको सम्भावना नरहेका खेतीयोग्य क्षेत्र स्थानीय भूउपयोग परिषद्मार्फत पहिचान एवं वर्गीकरण गरी उपयुक्त क्षेत्रमा जमीनको चक्लाबन्दी गरी आधुनिक खेती गर्न, गराउन परियोजनामार्फत नीतिगत व्यवस्था गराइने भएको छ । परियोजनाद्वारा हाल जिल्लाका चार नगरमा ५० रोपनीभन्दा माथि क्षेत्रफलका जमीन व्यवस्थापन गरी चक्लाबन्दी गर्दै आधुनिक खेती गराउन थालिएको छ ।

पाँचखाल नगरको शेराबेंँसीमा २०० रोपनी, दुग्धेश्वरमा ५० रोपनी र अनेकोटमा २०० रोपनी, मण्डनदेउपुर नगरको कुन्ताबेंँसीमा २०० रोपनी, ज्वानेटारमा १०० रोपनी र बाँसगेडीमा १०० रोपनी तथा पनौती नगरमा ४०० रोपनी चक्लाबन्दी गरी आधुनिकीकरण खेती गराउन थालिएको हो । यी क्षेत्रमा आलुलगायत मौसमअनुसारका तरकारी तथा खाद्यान्न खेती भइरहेको छ । स्थानीय जनप्रतिनिधि जागरुक भए यो वर्ष तीन हजार ७०० रोपनीमा चक्लाबन्दी गरी आधुनिक खेती गर्न सकिने परियोजनाले जनाएको छ ।
‘अब त धेरै बाँचिन्छ’ : खोप लगाएका ज्येष्ठ नागरिक
नेपालमा कोरोनाको महामारी शुरु भएपछि सबैभन्दा जोखिममा ज्येष्ठ नागरिक थिए । कोभिडको भयावह चलिरहेका बेला ज्येष्ठ नागरिक र दीर्घरोगीलाई कोरोना भाइरस सङ्क्रमणको खतरा रहेको भन्दै विशेष ख्याल गर्न आग्रह गरिएको समाचार दैनिकजसो आउँथ्यो । कोरोना रआफूहरुलाई छिटो सर्ने र ज्यानसमेत लिने समाचार सुनेर केही हतास बन्नुभएकी काठेखोला गाउँपालिका–३ निवासी श्यामकुमारी विश्वकर्मा अहिले ढुक्क हुनुभएको छ ।

उहाँले धौलागिरि अस्पताल बागलुङको खोप केन्द्रमा कोरोना विरुद्धको खोप लगाउनुभयो । “हामी जस्ता बूढेसकाल लागेकालाई कोरोनाले चाँडै लान्छ कि भन्ने थियो, खोप लगाएपछि अझै केही वर्ष संसार देख्न पाइन्छ कि भन्ने लागेको छ”, खोप लगाएपछि प्रशन्न मुद्रामा विश्वकर्माले भन्नुभयो, “रेडियोमा भर्खरका उमेरका युवासमेत कोरोनाका कारण मृत्यु भएको सुन्दा हामी जस्ता ७५ काटेकालाई के राख्ला भन्ने थियो, अहिले कोरोना विरुद्धकै खोप आएर लगाइयो पनि, अब कोरोनाबाट बच्ने भइयो भन्ने आश पलाएको छ ।”

बागलुङ नगरपालिका–४ का ७१ वर्षीय खडानन्द उपाध्याय, वडा नं ३ का ७५ वर्षीय खिमप्रसाद सिलवाल तथा वडा नं १० भकुण्डे निवासी ७० वर्षीया इन्द्रकुमारी पौडेलको कोरोना खोप अनुभव पनि उस्तै छ । डाँडामाथिका घाम जस्ता बनेका उनीहरुले कोरोना खोप लगाउन पाउँदा खुशी भएका मात्रै छैनन्, केही वर्ष अझै बाँच्ने आशा पलाएको बताउँछन् । “१० महिनासम्म कोरोनाका विषयमा सुन्दा मरिन्छ कि भन्ने थियो”, सिलवालले भन्नुभयो, “तर यति छिट्टै सरकारले कोरोना खोप ल्याउला भन्ने लागेकै थिएन, कोरोना खोप लगाएपछि कोरोना लाग्दैन भन्ने आत्मबल उच्च हुँदोरहेछ, अलि वर्ष बाँच्न पाइने भयो भनेर ढुक्क छु ।” सिलवालले खोपको व्यवस्थापनका लागि सरकारलाई धन्यवादसमेत दिनुभयो । उहाँले महामारीको रूपमा रहेको कोरोना खोप लगाउन पाउँदा निकै खुशी भएको बताउनुभयो ।

कोरोनाका कारण मरिन्छ कि भनेर लागेको डर कोरोना खोप लगाएपछि हटेर गएको भकुण्डे निवासी पौडेलले बताउनुभयो । “दीर्घरोगी र हामी जस्तालाई कोरोनाले छोड्दैन भन्ने सुन्दै आएका कारण घरभन्दा बाहिर जान पनि डर थियो”, पौडेलले भन्नुभयो, “खोप लगाएपछि केही ढुक्क भयो, अब अरुनै कारणले मरिएला, कोरोनाले चाँही नमर्ने भइयो ।” पौडेलले आफूजस्ता ज्येष्ठ नागरिकलाई कोरोना खोपले हदैसम्म राहत मिलेको बताउनुभयो ।

“कोरोना खोप भर्खर आउला भन्ने लागेकै थिएन, तर सरकारले ज्येष्ठ नागरिकलाई छिट्टै कोरोना विरुद्धको खोपको व्यवस्थापन गरेकोमा खुशी लागेको छ”, उपाध्यायले बताउनुभयो । उहाँले खोप ल्याउने सरकार र खोप लगाउने स्वास्थ्यकर्मीलाई धन्यवादसमेत दिनुभयो ।

धौलागिरि अस्पतालको कोरोना खोप केन्द्रमा अहिले ज्येष्ठ नागरिक उत्साहका साथ खोप लगाउन आइरहेका छन् । बागलुङमा अहिले ६२ स्थानबाट कोरोना विरुद्धको खोप प्रदान गरिएको छ । नेपालमा कोरोना भित्रिएको ११ महिना पूरा पुग्दा खोप अभियान दोस्रो चरणमा पुगेको छ ।

गत फागुन २३ गतेदेखि ६५ वर्षमाथिका सबै ज्येष्ठ नागरिकलाई सरकारले कारोना खोप लगाइरहेको छ । स्वास्थ्यकर्मी, सफाइ तथा महिला स्वास्थ्य स्वयंसेविकालाई पहिलो चरणमा खोप लगाएको सरकारले कोरोनाको उच्च जोखिममा रहेका ज्येष्ठ नागरिकलाई कोरोना खोप लगाउन थालेको हो । शनिबारसम्म १२ हजार १३ ज्येष्ठ नागरिकलाई कोरोना खोप लगाइएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो ।

अहिलेसम्म जिल्लाका १० पालिकामध्ये ७ पालिकामा खोप अभियान चालिएको र केही दिनमै सबै पालिकामा खोप अभियान पु¥याइने उहाँले जानकारी दिनुभयो । कोरोनाका कारण ज्येष्ठ नागरिकलाई सामान्य प्रभाव पारे पनि कुनै समस्या नभएको गुरौले जानकारी दिनुभयो ।

Kantipath Media

यो छुट्टाउनु भो कि..