सावाँकाे भन्दा ब्याजकाे माया

भर्खर भर्खर पेन्सन पकाएर आएका सुबेदार बा
नाति बाेकेर बस्नुभएकाे थियाे, शानदारले काखमा
लिएको पैसाको ब्याज बुझाउन जाँदा
उल्टै चिया नास्ता गराउँदै भन्नुहुन्थ्यो
माष्टर साहेव ?
सावाँकाे भन्दा धेरै माया
ब्याजकाे हुन्छ भन्थे पूर्खाहरू
सावाँ बिस्तारै तिर न
ब्याज बुझाए हुन्छ
अरूलाई पनि भनिदिए हुन्छ
सावाँ भएको बेला तिर्नु
वहाँ बित्नु भाे, ककस्ले तिरे थाहा छैन

प्रसङ्ग नातिनातिनाकाे माया –
म र म जस्तै धेरै नातिनातिनाका धनीहरुलाई
सावाँकाे भन्दा
ब्याजकाे मायाले पिराेलेकाे मैले देखेकाेछु
भाेक,प्यास र निन्द्रा हराएको सुनेकाेछु
यसबाट म पनि अछुतो नभएको हैन
मलाई राम्रो अनुभव छ
श्रीमती भावनालाई त
दुई दिन मात्र नातिनातिनालाई
भिडियो कल वा फाेन गर्न पाइनन् भने
आकाश खसे झैं
पृथ्वी पल्टे झैं
दिउसै सपना देखे झैं
के के न के भए झै वर र पर दगुर्छिन् उनी

मलाई राम्ररी थाहा छ
धेरै हजुरबुबा हजुरआमाले
अगाध बात्सल्य प्रेमका साथ
काखमा च्यापेकाे,काँधमा बाेकेकाे
ताते ताते भन्दै डाेहाेर्याएकाे
गाउँ घर र छरछिमेकमा घुमाएकाे
देखेको मात्र हैन
मेरो आफ्नै ज्वलन्त उदाहरण छदैछ
पहिली नातिनी खुश्बु
अनि सुशाेभन र सम्बाेधन
चाडपर्वमा भेलाभएका नातिनातिनाहरू
मेरिसा ,साकिरा र साकृष
छ वै जनालाई
बिहानै एक पटक
गाई बाख्रा र खरायो हेर्न
माछा पाेखरी र खाेला सम्म पुर्याउनै पर्ने
साना दुईवटालाई काँधमा बाेकेर
अलि ठूलालाई हात समाएर
अझ ठूलालाई अघिपछि लाएर
विद्यालयबाट आउने बितिकै
खुश्बु र सुशाेभनलाई त
कैयौंपटक अलैंची वारि
जङ्गल भिरपाखा र बाख्रा चराउन
पछि पछि सम्बाेधनलाई रुवाउदै
मायाको डाेरी ,आँखाका नानी
सावाँ भन्दा ब्याजकाे माया
शहरी गाउँ जताततै
हजुरबुबा हजुरआमा
देख्छु,नातिनातिनी संगै रमाएकाे

एक पटक
छ जना नै नातिनातिनाहरू
मुटुका धड्कनहरू
दिदीबहिनीका समेत नातिनातिनाहरू
कुनैलाई बाेकेर
कुनैलाई डाेहाेर्याएर
जन्ती झैं अगाडि पछाडि ताँतीलगाएर
कसैलाई फकाउदै
कसैलाई हप्काउँदै
पदमहरू र गंगादाइहरुकाे घर पुग्दा
देवी दाइ शेषराज र नेत्रहरुकाे आँगनी टेक्ता
ऋषि र भीमलालकाे गाेठनेर पुग्दा
ताेयानाथ र रामदाइको पेटी टेग्दा
दुर्गा र डिल्लीरामकाे घरको बाटाे हिड्दा
नातिनातिना संगै रमाएकाे देखेर
मेरा नातिनातिनाले गलाएकाे शरीर
आनन्दले प्रफुल्लित भएर आउदा
भाइ कृष्ण र बुहारी निर्मलाले
बर्षा र झर्नाका नानीहरूलाई
दिनहुँ जसाे भिडियो कल गरेकाे
खुशियालीमा
आनन्द आउदा
मलाई र मेरी श्रीमती भावनालाई
सावाँकाे भन्दा ब्याजकाे मायामा पग्लेकाे देखेर
सृष्टि नै मुस्कुराएकाे पाउदा
ठुलो भाउजू र माइली भाउजू
साँइली दिदी र कान्छी बहिनीहरू
आफन्त र धेरै धेरै नातिनातिनीका धनीहरू
छुट्टै संसारमा रमाएकाे पाउदा
त्यो प्रकृतिलाई,त्याे ईश्वरलाई
धन्य भन्न चाहन्छु
सधैं निदाउन काखमा नातिनातिनीहरू
सधैं रुन र हाँसुन आँगनीमा नातिनातिनीहरू
दारी जुँगा उखेल्दै र गाला चिमाेट्दै
हजुरबुबा र हजुरआमा भन्दै
ताेते बाेलिमा बाेलाउन नातिनातिनाहरू
स्वर्गीय आनन्द दिउन् भान्सामा नातिनातिनीहरू

कविता नै लेखिसकेकाे छैन
श्रीमती कच्कचाउन थालिहालिन
खै भिडियो कल वा फाेन लगाइदिनाेस न
नातिनातिनीसित मीठो गफ गरौँ
धेरै धेरै बधाई र असीम शुभकामना
सम्पूर्ण नातिनातिनामा!
सम्पूर्ण सन्तानको काेख र काखकाे शाेभा बढाइदिनुहाेस् भगवान् ?
तिमीलाई हार्दिकता साथ नमन र भावनात्मक कामना ।

प्रकाश खनाल
देउमाइ नगरपालिका ४ इलाम

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..