गोवा छाड्न नेपालीलाई सरकारको दवाव

काठमाडौं : कोभिड–१९ को संक्रमण बढ्दै जान थालेपछि भारतको गोवा सरकारले त्यहाँ रहेका नेपालीलाई नेपाल फर्किन दवाव दिन थालेको छ ।

pramod sawantलामो समयदेखि लकडाउन भएपछि निजी क्षेत्र धराशायीमा परेको भन्दै गोवामा व्यापार व्यवसाय बन्द भएपछि गोवा सरकारले नेपाल जान दवाव दिइरहेको छ ।

यता गोवामा रहेका नेपालीले तत्काल आफूहरुलाई उद्धार गर्न समेत नेपाल सरकारसँग आग्रह गरेका छन् ।

त्यहाँ कार्यरत कम्पनीहरु बन्द भएको र गोवा सरकारले पनि नेपाल जान दवाव दिइरहेको भन्दै उनीहरुले आफूहरुलाई उद्धार गर्न नेपाल सरकारसँग आग्रह गरेका छन् ।

गोवामा झण्डै १० हजार नेपाली रहेको गोवा नेपाली समाजका अध्यक्ष प्रकाश थापाले जानकारी दिए । कम्पनी बन्द भएपछि काम विहीन भएको र बस्न पनि समस्या भएको उनीहरुको भनाई छ ।

गोवा राज्यका मुख्यमन्त्री प्रमोद सावन्तले आगामी चार दिन भित्र भारतको केन्द्र सरकारले एक आप्रावासी कार्यविधि लिएर राज्यबाट नेपाली आप्रावासीलाई बाहिर निकाल्ने बताएपछि नेपालीहरु थप समस्यामा परेका छन् ।

गोवा सरकारले एक साता अघि ल्याएको कार्यविधिमा तत्काल गोवामा उद्योगधन्दा सुचारु हुने कुनै कार्यविधि नभएको जानकारी दिएको थियो । साथै गोवामा रहेका आप्रावासीलाई गोवा सरकारले धान्न नसक्कने समेत उल्लेख गरेको थियो ।

साथै गोवा सरकारले सीमासम्म नेपालीलाई पुर्याउने समेत बताएको छ । त्यसका लागि गोवा सरकारले त्यहाँ रहेका नेपालीलाई नेपाल सरकारसँग आग्रह गर्न अनुरोध गरेको छ ।

यता नेपाल सरकारले विदेशमै नेपालीलाई सुरक्षितसाथ राख्ने व्यवस्था मिलाउन त्यहाँका सरकार प्रमुख र विदेशमन्त्री तहमा वार्ता र छलफल गरिरहेको बताएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले भारतमा अलपत्र नेपालीहरूको समस्या समाधान गर्न नेपाली दूतावासलाई जिम्मा दिने निर्णय गरेको छ । परराष्ट्र मन्त्रालयले तत्काल दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिने बताएको छ ।

Kantipath Media

यो छुट्टाउनु भो कि..