वनमन्त्रीद्वारा एमाले सांसद बमलाई रारा ताल छेउमा ५ वर्ष होटल संचालनको म्याद थप

रारा ताल छेउका संरचना हटाउने निकुञ्ज विभागको योजनाविपरीत वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफ्नै पार्टीका नेता गोपाल बमको ताल छेउस्थित डाँफे होटलको म्याद ५ वर्ष थपिदिएका छन् ।

तीन महिनाअघि निकुञ्ज विभागले स्विकृत गरेको रारा तालको ५ वर्षे व्यवस्थापन योजना (सन् २०२१–२०२५) मा रारा तालको छेउमा रहेका दुई होटल (डाँफे र हेरिटेज) सहित निकुञ्ज र नेपाली सेनाको गुल्म त्यहाँबाट मध्यवर्ती क्षेत्रमा सार्ने उल्लेख छ ।

रामसार सूचीमा सूचिकृत रारा तालको संरचना, जैविक विविधता र पारिस्थितीकीय प्रणाली जोगाउन कोर क्षेत्रमा रहेका सबै संरचनालाई मध्यवर्तीक्षेत्रमा सार्नुपर्ने विज्ञहरुको सुझाव प्रतिवेदनमा समेटिएको छ । मन्त्री आलेले जेठ ७ गते एमालेका निवर्तमान सांसदसमेत रहेका बमले सञ्चालन गरेको रारा तालको हुटुस्थित् डाँफे होटलको म्याद ५ वर्ष थप गरेका हुन् ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..