प्रेस सङ्गठनको प्रदेश भेला तयारी

Preparations for the state meeting of the press organization

पुनः गठनपछि प्रेस सङ्गठन नेपालको पहिलो प्रदेश भेलाका रुपमा सोमबार सुदूरपश्चिम प्रदेशको भेला धनगढीमा हुँदैछ ।

Preparations for the state meeting of the press organizationयही माघ ८ गते काठमाडौँमा सम्पन्न सो सङ्गठनको राष्ट्रिय भेलाले सङ्गठनको संयोजकमा गणेश बस्नेतलाई चयन गरेपछि प्रदेश र जिल्लास्तरमा गतिविधि हुन थालेका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश इञ्चार्ज लेखराज भट्टले उद्घाटन गर्ने भेलामा प्रदेशका नौ वटै जिल्लाबाट सङ्गठनमा आवद्ध अगुवा तथा सञ्चारकर्मीको उपस्थिति हुने सङ्गठनका प्रदेश इञ्चार्ज हेमन्त पौडेलले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा विघटन भई निर्वाचनको तयारी शुरु भएको स्थितिमा उहाँले भेलाबाट सङ्गठनबारे उत्पन्न अन्योललाई चिर्दै शुद्धीकरण अभियान घोषणा गरिने बताउनुभयो ।

एकैसाथ दुई बालिकालाई जबर्जस्ती गरेको आरोपमा पक्राउ
महोत्तरीको एकडारा गाउँपालिका–४ चकवा गाउँमा एकैसाथ दुई बालिकामाथि जबर्जस्ती करणी उद्योग गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा एकडारा–४ बस्ने ४७ वर्षीय पुरन राउत रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश बिष्टले बताउनुभयो ।

पक्राउ परेका राउतले स्थानीय ११ वर्षीया र नौ वर्षीया गरी दुई बालिकालाई शनिबार साँझ साढे ५ः०० बजेतिर गाउँभन्दा १०० मिटर दक्षिणमा रहेको खेसारी (दालबाली) को खेतमा जबर्जस्ती करणी उद्योग गरेको आरोप लगाइएको छ ।

बालिकाहरु त्यहाँबाट भागी घर आएर आ–आफ्ना आमालाई रुँदै कराउँदै सबै कुरा बताएपछि दुवैका आमाले आरोपितको घरमा गएर गाली बेइज्जती गर्दा कोही घरबाट ननिस्केको र पछि स्थानीयवासीले जिल्ला प्रहरी कार्यालयमा टेलिफोन गरी घटनाबारे जानकारी गराएपछि प्रहरीले आरोपित पुरनलाई गए राति १०ः०० बजे पक्राउ गरी ल्याएको थियो ।

Kantipath Media

यो छुट्टाउनु भो कि..