annapurna add

कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि सरकारले हालसम्म करिब १० अर्ब रुपैयाँ खर्च गरेको छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना नियन्त्रण उपचार, क्वारेन्टिन निर्माण र राहत वितरणमा सरकारले ९ अर्ब ८७ करोड रुपैयाँ खर्च गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीका अनुसार कोरोना महामारी नियन्त्रण कोष, सरकारबाट विनियोजित रकम र प्रदेश तथा स्थानीय सरकारले गरी ९ अर्ब ८७ करोड रुपैयाँ खर्च गरेका हुन् । अझै स्थानीय तहबाट भएको खर्चको विवरण आएको छैन् । कोरोना कोष र संघीय सरकारबाट ६ अर्ब ३ करोड, प्रदेशहरुबाट १ अर्ब ८ करोड र स्थानीय तहहरुबाट २ अर्ब ७६ करोड रुपैयाँ खर्च भएको उनले बताए । अझै स्थानीय तहहरुले गरेको खर्चको पूर्ण विवरण नआएको उनले बताए ।

बुधबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समिति बैठकमा खर्चको विवरण सार्वजनिक गरिएको हो । समिति बैठकमा लक डाउनलाई सहज बनाउँदै कसरी लैजान सकिन्छ भन्ने विषयमा पनि छलफल भएको छ ।

जनजीवन सहज बनाउँदै लक डाउनलाई कसरी लैजाने भन्ने विषयमा स्वास्थ्य क्षेत्रका विज्ञहरुसँग पनि छलफल भएको छ । तहगत रुपमा लकडाउन खुकुलो पार्दै लैजाने गरी मस्यौदा तयारी गरी सरकारलाई बझुाउने समझदारी पनि बैठकमा बनेको छ ।

कोरोना भाइरस संक्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै जाँदा सरकारले नेपालमा स्वास्थ्य संकटकाल (हेल्थ इमर्जेन्सी) घोषणाको तयारी गरेको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ हजार भन्दा धेरै कोरोना भाइरसका सक्रमित देखिएकाले स्वास्थ्य संकटकाल (हेल्थ इमर्जेन्सी) घोषणा गर्ने प्रस्ताव मन्त्रिपरिषद्‌मा लैजाने निर्णय गरेको छ।

मन्त्रालयको उक्त प्रस्तावबारे आगामी मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने मन्त्रालय स्रोतले बतायो। बुधबारसम्म कोरोना भाइरसको संक्रमण २३०० जनामा फैलिसकेको छ भने यसका कारण ९ जनाको ज्यान गुमिसकेको छ। लकडाउन ७२ औँ दिनमा पुग्दा देशभरिको जनजीवन प्रभावित भएको छ भने आर्थिक गतिविधि ठप्प हुँदा ठूलो संख्यामा नागरिकहरु अप्ठ्यारोमा धकेलिएका छन्। सरकारले कोरोना संक्रमण पुष्टि भए पनि अन्य रोगका कारण मृत्यु भएको स्पष्ट भए त्यसलाई कोरोनाबाट भएको नमान्ने भएको छ।

हालसम्म संक्रमण पुष्टि भएपश्चात जुनसुकै कारणले मृत्यु भएपनि त्यसलाई कोरोनाबाट मृत्यु भएको गन्ने गरिएको छ। स्वास्थ्य मन्त्रालयले 'कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापनसम्बन्धी संक्षिप्त कार्यविधि २०७६’ मा पहिलो संशोधन गर्नेगरी सो निर्णय गरेको हो।

‘कोभिड १९ बाट मृत्यु भन्नाले कोभिड १९ का क्लिनिकल लक्षण तथा चिन्हहरू र प्रयोगशाला निदानका आधारमा सम्भावित वा पुष्टि भएका केशहरूलाई भन्ने बुझ्नुपर्दछ। कोभिड १९ ले बिरामी भएदेखि मृत्यु हुँदासम्मको अवधि बीचमा निज पूर्णतः निको नभएको हुनुपर्छ। कोभिड १९ बाहेकका कारणबाट मृत्यु भएको स्पष्ट भएमा कोभिड १९ कारणले मृत्यु भएको मानिने छैन,’ कार्यविधिमा भनिएको छ।

अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट नौं जना व्यक्तिको मृत्यु भएको छ। जसमा बुधबार मात्र दोलखाका कोरोना संक्रमित पुरुषको महाराजगन्जस्थित टिचिङ अस्पतालमा निधन भएको हो।

 covid samsodan

 

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...