राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरिन् सात अध्यादेश

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले सिफारिस गरेका ७ वटा अध्यादेश जारी गरेकी छन्।

भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा विभिनन् ५ अध्यादेश जारी गरेकी छन्।

सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश दोस्रोपटक जारी गरेको हो ।

पुनःस्थापित प्रनितिधिसभाको पहिलो बैठकमा पेश गर्न खोज्दा नेपाली कांग्रेस र प्रचण्ड–माधव नेपाल पक्षले अवरुद्ध गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत मंसिर ३० गते उक्त अध्यादेश ल्याएर अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, राष्ट्रिय मानव अधिकार आयोगसहित विभिन्न संवैधानिक आयोगमा पदाधिकारी नियुक्त गरिएको थियो ।

उनले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन, औषधि (तेस्रो संशोधन), संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन), सामाजिक सुरक्षा (पहिलो संशोधन), नेपाल प्रहरी र प्रदेश प्रहरी(कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) पहिलो संशोधन र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८ जारी गरेकी छन् ।

अघिल्ला संसद बैठकले पारित गर्न नसकेका विधेयक सरकारले अध्यादेशमार्फत जारी गरेको हो ।

सभामुख अग्नी प्रसाद सापकोटाले सरकारले ल्याएका विधेयकलाई अघि बढाउन नसकेको आरोप लगाइरहेका बेला अध्यादेशमार्फत विधेयक जारी गरिएको हो ।

 

 

यस्तै गोरखा भूकम्पको ६ वर्षको अवधिमा भूकम्पले भत्किएका पुरातात्विक महत्वका ४९३ सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ ।

भूकम्प प्रभावित ३२ जिल्लाका ९२० सम्पदामा विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पुगेको राष्ट्रिय पुनः निर्माण प्राधिकरणले जनाएको छ । क्षतिग्रस्त २८८ सम्पदा पुनः निर्माणको चरणमा रहेको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिए । यी सम्पदाको पुनःनिर्माण चालु आर्थिक वर्षमै शुरु गर्ने तयारी छ । तीमध्ये केही सम्पदाको पुनःनिर्माण शुरु भइसकेको छ ।

भूकम्पले विश्व सम्पदा क्षेत्रका १७०, काठमाडौँ उपत्यकाका तीन जिल्लाका ४०६ र उपत्यका बाहिरका २९ जिल्लाका ३४४ गरी ९२० सम्पदामा क्षति पुगेको थियो ।

हालसम्म विश्व सम्पदा क्षेत्रका ११०, काठमाडौँ उपत्यकाका तीन जिल्लाका २०७ र उपत्यका बाहिरका २९ जिल्लाका १७६ गरी ४९३ सम्पदाको पुनः निर्माण सम्पन्न भएको हो । चालू आवमा विश्व सम्पदा क्षेत्रका ४९, काठमाडौँ उपत्यकाका तीन जिल्लाका १११ र उपत्यका बाहिरका २९ जिल्लाका १२८ गरी २८८ सम्पदा पुनः निर्माण हुन लागेको प्राधिकरणले जनाएको छ ।

भूकम्पले क्षतिग्रस्त ऐतिहासिक सम्पदा धरहरालाई जस्ताको त्यस्तै राखी उस्तै आकार र प्रकारमा धरहरा टावर निर्माण सम्पन्न भई गत फागुन ११ गते उद्घाटन गरिएको छ ।

यसैगरी भूकम्पले क्षतिग्रस्त राजधानीको मुटुमा रहेको रानीपोखरी पनि गत वर्ष दशैँअघि नै निर्माण सम्पन्न गरी उद्घाटन गरिएको छ । काष्ठमण्डप पनि पुनः निर्माणको अन्तिम चरणमा पुगेको प्राधिकरणले जनाएको छ ।

भूकम्पले भत्किएका सम्पदा अझ राम्रो र बलियो बनाऔँ भन्ने अवधारणाको अवलम्बन गरी पुनःनिर्माण अघि बढेको प्राधिकरणले जनाएको छ ।

विपद् प्रतिरोधक हुने गरी स्थानीय आवश्यकताअनुरुप उपयुक्त प्रविधि अपनाई जीर्णोद्धार, प्रबलीकरण र पुनःनिर्माण गरिएको सहप्रवक्ता घिमिरेले बताए ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..