प्रेस काउन्सिलको नियुक्तिप्रति पत्रकारहरूका ५ वटा संगठनको आपत्ति

पत्रकारहरूका विभिन्न ५ वटा संगठनले प्रेस काउन्सिलमार्फत प्रेस स्वतन्त्रतामाथि नै अंकुश लगाउन खोजिएको बताएका छन् ।

सोमबार संयुक्त विज्ञप्ति जारिगरी पत्रकार संगठनहरुले प्रेस काउन्सिलमा कार्यकर्ता भर्ती गरी प्रेसमाथि नै अंकुश लगाउने षडयन्त्र भइरहेको बताएका हुन् ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष भवानी बरालको सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ ।

सर्वोच्चले २०७४ साल श्रावण ३१ गते मुद्दाको अन्तिम टुंगो नलागेसम्म नियुक्ति भएको पदको काम गर्न रोक लगाएको स्मरण गराउँदै उनीहरुले नेपाली पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघको सुझाव र परामर्शमा मात्र प्रेस काउन्सिलका पदाधिकारी नियुक्त गरिनुपर्ने ऐनको व्यवस्थालाई वर्तमान सरकारले पूर्णरुपमा उल्लंघन गरेको जनाएका छन् ।

प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस संगठनका अध्यक्ष महेश्वर दाहाल, प्रेस चौतारीका उपाध्यक्ष विश्वमणि सुवेदी, प्रेस मञ्चका अध्यक्ष केशव अर्याल र प्रगतिशील पत्रकार संघका सचिव श्यामलाल पोखरेलले संयुक्त वक्तव्य प्रकाशित गरी प्रेस काउन्सिलमार्फत सिंगो प्रेसमाथि अंकुश लगाउने सरकारी षडयन्त्रको भण्डाफोर गर्न पत्रकार महासंघसहित सरोकारवाला सबैमा आग्रह गरेका छन्।

‘पछिल्लो पटक पत्रकार आचारसंहिताको पालना गराउने र निर्वाचन आचार संहिताको अनुगमनसमेत गर्ने ‘अर्धन्यायिक निकाय’कोरुपमा रहेको प्रेस काउन्सिल नेपालको अध्यक्ष नियुक्तिको प्रक्रिया र नियत हेर्दा आफ्ना विपक्षमा लेख्ने मिडियामाथि अंकुश लगाउने, निर्वाचन धाँधली गराउने गुरुयोजना अन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओली लागेको स्पष्ट छ’ विज्ञप्तिमा भनिएको छ।

यस्तो छ, विज्ञप्ति

BK
http://kantipath.com

यो छुट्टाउनु भो कि..