पृथ्वीसुब्बाले किर्ते पत्र बुझाएको जसपा र जनमोर्चाको प्रष्टीकरण

राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश संसदीय दलले आफ्नो समर्थन विपक्षी गठबन्धनलाई रहेको जनाएको छ । प्रदेश सांसद कृष्ण थापा पदमुक्त भइसकेको अवस्थामा राजमोको समर्थनसहित एमाले संसदीय दलको नेताले प्रदेश प्रमुखलाई दिएको पत्र अवैधानिक भएको राजमोकी सचेतक पियारी थापले बताइन् ।

उनले भनिन्,’ हामी राष्ट्रिय जनमार्चाका दुवै सांसदहरुको हस्ताक्षरसहित विपक्षी गठबन्धनको समर्थनमा रहेको व्यहोरासहित जुन कार्य एमाले संसदीय दलका नेताको तर्फबाट भएको कार्य हाम्रो संसदीय दलले घोर भर्त्सना गर्दछ ।’ जनता समाजवादी पार्टी (जसपा)को गण्डकी प्रदेश संसदीय दलका नेता हरिशरण आचार्यले भावी सरकार गठनका लागि आफूहरुको समर्थन विपक्षी गठवन्धलाई नै रहेको बताएका छन्। संसदमा विश्वासको मत पाउन असफल भएपछि स्वत: पदमुक्त भएका पृथ्वी सुब्बा गुरुङले जसपाको समर्थन प्राप्त भएको पत्रसहित पुन: मुख्यमन्त्रीमा दाबी गरेपछि आचार्यले गुरुङलाई आफ्नो समर्थन नभएको बताएका हुन्।

गुरुङले जसपाको सर्मथन भनेर लगेको पत्रका विषयमा पार्टीलाई थाहा नभएको पनि उनले बताए। आफूहरु हिजो (शुक्रबार)देखि नै विपक्षी गठवन्धनसँग सँगै रहेको र गुरुङलाई सर्मथन गर्ने विषयमा कुनै पनि छलफल नभएको उनले बताए। ‘यो गैरकानुनी वा नक्कली पत्र बनाएर लगेको हुनसक्छ’, आचार्यले भने ‘संसदीय दलको नेतालाई थाहा नभएको र जानकारी नभएको पत्रले कसरी वैधानिकता पाउँछ ?’

उनले गण्डकी प्रदेशमा जसपाको सर्मथन नेपाली कांग्रेससहितको गठबन्धनलाई भएकाले अरु कसैले कुनै पत्र मनलाग्दी बनाएर मान्यता नपाउने बताए। तत्कालीन नयाँ शक्तिका तर्फवाट आफूहरु विजयी भएर आएको र जसपा भनि अहिले दावी गरेका मानिसहरुसँग् पार्टीको कमिटी समेत समायोजन नभएकाले यो गैरराजनीतिक अभ्यास मुख्यमन्त्रीले गरेको उनले बताए।

नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीको जस्तै व्यवहार नदोर्‍याउन गण्डकी प्रदेशका प्रमुख सीता पौडेललाई चेतावनी दिएको छ। मुख्यमन्त्रीमा विश्वास गुमाएका पृथ्वी सुब्बा गुरुङले फेरि सोही पदको दाबी गरेपछि कांग्रेसले यस्तो चेतावनी दिएको हो।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सत्तापक्ष र प्रदेश प्रमुखलाई चेतावनीको शैलीमा भने, ‘होसियार! शितलनिवासकोझैं षड्यन्त्र पोखरामा नदोहोरियोस्! कब्जाशैलीमा राष्ट्रपतिको दुरुपयोगझैं विश्वासको मत दुई दिनअघि गुमाएका व्यक्तिको पुन: मुख्यमन्त्रीमा दाबीले षड्यन्त्रको आशंका बढाएको छ।’

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..