रुकुम पश्चिममा भब्य जन प्रशिक्षण

170180568 3542075529350252 8987380686864885554 n

170180568 3542075529350252 8987380686864885554 n

जनआन्दोलन दिवसको कार्यक्रममा सहभागी हुन नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मंगलबार रुकुम गएका छन् । प्रचण्डले जिल्ला सदरमुकाम खलंगामा हुने पार्टीको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

पश्चिम आन्दोलनको स्मरणमा चैत २४ गते जनआन्दोलन दिवस मनाइन्छ । ३० वर्षे निर्दलीय पञ्चायती व्यवस्थालाई घुँडा टेकाएको ऐतिहासिक आन्दोलनको स्मरणमा चैत २४ गते जनआन्दोलन दिवस मनाइन्छ । प्रचण्डलाई रुकुम (पश्चिम) मा स्थायी समिति सदस्य जनार्दन शर्मा लगायतले स्वागत गरेका छन् ।

०१७ सालमा राजा महेन्द्रले खोसेको प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालमा कांग्रेस नेता गणेशमान सिंहको नेतृत्वमा पञ्चायती व्यवस्थाविरुद्ध राजनीतिक दलहरुले आन्दोलन गरेका थिए । यो आन्दोलन उत्कर्षमा पुगेपछि तत्कालीन राजा वीरेन्द्रले प्रजातन्त्र पुनर्बहाली गरेका थिए ।

‘प्रचण्ड’ले आफ्नो पार्टीको तात्कालिक कार्यभार सरकार परिवर्तनबाहेक अरु केही नभएको बताएका छन् । मंगलबार रुकुम जाने क्रममा नेपालगञ्जमा विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष प्रचण्डले ओली सरकारलाई विस्थापन र नयाँ सरकार गठनका लागि दलहरुबीच छलफल भइरहेको जानकारी दिएका हुन् ।

उनले नेपालको राजनीति आफ्नो एजेन्डाभन्दा बाहिर नगएको पनि बताए । ‘अहिले पनि नेपालको राजनीति हाम्रो एजेन्डाभन्दा बाहिर नगएको छैन । हामीले सरकार परिवर्तनलाई तात्कालिक कार्यभार बनाएका छौ र त्यो प्रक्रियामा छलफल चलिरहेको छ’, अध्यक्ष प्रचण्डको भनाई छ । उनले सरकार परिवर्तनपछि पार्टी सुदृढ गर्ने अभियानको क्रमलाई प्राथमिकतामा राखिएको पनि बताए ।

 

Kantipath Media

यो छुट्टाउनु भो कि..