झापामा निषेधाज्ञा जारी (आदेश पत्रसहित)

कोरोना संक्रमित बढेपछि झापामा आइतबार रातिदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले वैशाख १९ गते मध्य रातदेखि लागू हुने गरि २६ गते सम्मका लागि निषेधाज्ञा जारी गरिएको बताए ।
कोरोनाको दोश्रो लहर शुरु भए यता झापामा ३३८ जना सक्रिय संक्रमित संख्या रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन जीवन चम्लागाइले जानकारी दिए ।

शुक्रवारसम्ममा कोभिडका कारण झापामा १३४ जनाले ज्यान गुमाइसकेका छन ।

निषेधाज्ञा अवधिभर जोर बिजोर प्रणाली अनुसार सार्वजनिक तथा निजी सवारी संचालन गर्न पाइनेछ भने औषधि तथा स्वास्थ्य सामाग्री बाहेकका पसलहरु बिहान ६ बजेदेखि ११ बजेसम्म मात्र खोल्न पाइनेछ ।

 

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..