राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुनः पुष्पराज कडेल नियुक्त

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुनः प्रा.डा. पुष्पराज कडेल नियुक्त भएका छन् ।

गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उपाध्यक्ष कडेल सहित सदस्यहरु डा. कृष्णप्रसाद ओली, डा. उषा झा र मीनबहादुर शाहीलाई आयोगको गठन आदेश बमोजिम नियुक्त गरेको हो ।

पुनः नियुक्ति पश्चात आज विहिबार उनले सिंहदरबारमा प्रधानमन्त्री एवं राष्ट्रिय योजना आयोगका अध्यक्ष केपी शर्मा ओलीसमक्ष सपथ ग्रहण गरेका छन् ।

सपथ ग्रहण पश्चात उपाध्यक्षले राष्ट्रिय योजना आयोगमा एघार वटा स्मार्ट सिटीको बहुवर्षीय आयोजना स्वीकृत गर्ने निर्णयको फाइल सदर गरी पदभार ग्रहण गरेका छन् ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..