प्रचण्ड बूढानीलकण्ठमा

माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ बूढानीलकण्ठस्थित काँग्रेस सभापति शेरबहादुर देउवाको निवास पुगेका छन् ।

नेपाली काँग्रेसको पदाधिकारी बैठक लगत्तै माओवादी अध्यक्ष बूढानीलकण्ठ पुगेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ ५ बजेसम्मका लागि समयसीमा तोक्दै नयाँ सरकार गठनका लागि आह्वान गरेपछि प्रचण्ड र देउवाबीच आगामी कदमका लागि छलफल हुनेछ । प्रचण्डसँगै नारायणकाजी श्रेष्ठ पनि देउवा निवास पुगेका छन् ।

यता नेपाली काँग्रेसले राष्ट्रपतिमाथि महाअभियोग र प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनुपर्ने निष्कर्ष निकालेको छ । यो पनि
​बैठकमा सभापति शेरबहादुर देउवाले सरकारको असंवैधानिक कदमविरुद्ध एकजुट भएर लाग्नुपर्ने भन्दै यसबारे अन्य दलसँग पनि छलफल गरिने बैठकमा ब्रिफिङ गरेका थिए ।

देउवाले आजै मध्यान्ह १२ बजे चार दलका चार नेताबीच छलफल हुन लागेको जनाएकाे छ ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..