समाचार प्रसारण भएको विषयमा वडा अध्यक्ष खत्रीको रेडियो बन्द गर्ने धम्की !

रेडियो बिहानी र विभिन्न अनलाइनबाट प्रसारण भएको विवाह भोजमा वडा अध्यक्ष सहभागी भन्ने समाचार लाई लिएर वडा अध्यक्ष लील बहादुर खत्रीले रेडियो बन्द गरिदिने धम्की दिएका छन् ।

खत्रीले रेडियो बिहानीका पत्रकार हरिकुमार केसीसंग कुराकानीको क्रममा गाउँपालिकाको पैशा खाएर मेरो बिरुद्दमा समाचार लेख्ने, तिमीहरूको रेडियो बन्द गर्दिन्छु ।

केटाहरु लिएर आउँछु लगाएत विभिन्न अपशब्द प्रयोग गर्दै धम्काएका हुन ।

बागलुङ को बरेङ गाउँ पालिका वडा नम्बर ४ का वडा अध्यक्ष खत्री बैसाख ३० गते आफ्नै निजी गाडीमा बेहुला र जन्ती लिएर बरेङ गाउँपालिका को वडा नम्बर १ मा बेहुली लिन पुगेका थिए ।

सोही विषयमा पत्रकार दीपेन्द्र परियारले समाचार लेखेका थिए भने रेडियो बिहानीबाट हरिकुमार केसीले बाचन गरेका थिए ।

BK
http://kantipath.com

यो छुट्टाउनु भो कि..