संसद विघटनमा ओलीलाई साथ दिएर राजेन्द्र महतो अहिले भारतीय दुतावास छिरे !

जनता समाजवादी पार्टी जसपाका वरिष्ठ नेता राजेन्द्र महतो भारतीय दूतावासमा प्रवेश गरेका छन्। उनी बिहान पौने ११ बजे लैनचौरस्थित भारतीय दूतावासमा प्रवेश गरेको श्रोतले जनाएको छ।

यसअघि गत वैशाख ३० गते प्रधानमन्त्रीमा केपी शर्मा ओली निरन्तर हुने निश्चित भएपछि आफ्ना सांसदहरुलाई एक रिसाेर्टमा राखेर वरिष्ठ नेता महतोसँगै जसपाका अध्यक्ष महन्थ ठाकुर भारतीय दूतावास छिरेका थिए।

विकसित राजनीतिक घटनाक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको साथमा रहेका यी नेताहरुको भारतीय दूतावासमा लगातार दौडधूप चल्नुलाई चासोका साथ हेरिएको छ। संसद विघटनमा ओलीलाई साथ् दिएका महतो आफुलाई जसपाको संसदीय दलको नेता दाबी गरिरहेका छन् ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..