देशभरिका कार्यकर्ता भिडाएर केहि साथीहरु ओली गुटमा प्रवेश गर्दैछन् : राजेन्द्र राई

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने गरि हुने सहमतिको व्याख्या स्वीकार्य नरहेको बताएका छन् । उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एमालेका २३ सांसदले गरेको हस्ताक्षर र समर्थन यथावत रहेको स्पष्ट पारेका छन् ।

नेता नेपालले सर्वोच्चमा विचाराधीन मुद्दालाई प्रभावित पार्न गरि आउने कुनै पनि टिप्पणी वा सहमतिको व्याख्या स्वीकार्य नहुने भन्दै त्यसको निन्दा गरेका छन् । एमालेको एकता कार्यदलले आइतबार अबेर राति १० बुँदे सहमतिमा हस्ताक्षर गरेको थियो ।

कार्यदलको सहमतिलगत्तै प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा एमाले केन्द्रीय सदस्य सूर्य थापाले सामाजिक सञ्जालमार्फत अब शेरबहादुर देउवाको पक्षमा एमालेका २३ सांसदको समर्थक घटेको र सर्वोच्च अदालतमा रिट दायर गर्ने १ सय ४६ मध्ये १ सय २३ मात्र बाँकी रहेको उल्लेख गर्दै सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।

संसद विघटन सम्बन्धी मुद्दाको सुनुवाई यसअघि नै सकिएको छ र सोमबार फैसला आउँदै छ । नेता नेपालले त्यसको निन्दा गरेका हुन् । राति सहमति भए पनि सोमबार बिहान नहुँदै त्यसमा विवाद सुरु भएको हो ।

केन्द्रिय नेता राजेन्द्र राईले प्रबेशीहरुलाई शुभकामना दिएका छन् । सामाजिक संजाल फेसबुकमा लेख्दै उनले भनेका छन्, ‘विद्रोहको आह्वान गरेर देसभरि कार्यकर्ताहरुलाई लडाएर, भिडाएर, विभिन्न कार्यकर्ताको राजनीति समाप्त हुने गरी कारबाही खुवाएर अन्ततः केही साथीहरु वार्ता र सहमतिको नाममा केपी गुटमा प्रवेश गर्ने अन्तिम तयारीमा पुगेछन्, शुभकामना छ।

विशुद्ध जेठ ०७५ जेठ २ मा सांगठनिक संरचना ब्यूँताउने र स्वेच्छाचारी ढंगले पार्टी अध्यक्ष, प्रमले काम गरेर मुलुक, जनता र पार्टीलाई गम्भीर अवस्थामा पुर्याएकोले (संविधान, व्यवस्था समाप्त पार्न खोजिएको लगायत) त्यस्ता कुराहरूलाई अहिले र भविष्यका दिनमा कसरी नियन्त्रण गर्न सकिन्छ त्यसको स्पष्ट बन्दोबस्ती हुनुपर्ने कुरामा विद्रोह भएको उनले बताए ।

हस्ताक्षर हुनुअघि केन्द्रीय सदस्यसँग सल्लाह हुनुपर्थ्यो । कम्तीमा स्थायी कमिटी वा शीर्ष नेताहरूसँग त सहमतिका बुँदाबारे जानकारी गराउनुपर्थ्यो नि ! कुनै रायबिना आफूखुसी गरिएको सम्झौताले हाम्रो माग पूरा भएको छैन । जसरी केही नेताहरू मन्त्री र विभिन्न लाभका लागि माधव कमरेडको साथ छाडेका छन् । त्यसरी नै ओली गुटमा पस्न सजिलाको लागि सहमतिको नाममा यो हस्ताक्षर गरिएको हो । उनले समानान्तर कमिटी जारी रहने । विद्रोह भइरहन्छ । भुल्याउन र झुक्याउन खोजिएका कुनै कुरामा लाग्दैनौं भन्ने कुरा स्पष्ट पार्न खोजेका छन् ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..