सशस्त्र समूहमा भर्ना खोलेर विज्ञापन छाप्दा पक्राउ परेका झा अब प्रदेश प्रमुख

151594382 4950498041687279 4590242326603577389 n

151594382 4950498041687279 4590242326603577389 n

राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा शुक्रबार राजेश झालाई प्रदेश २ को प्रदेश प्रमुख नियुक्त गरेकी छिन् । झाले शुक्रबारै शपथ लिएका छन् । राजेश अहिराजका रूपमा चिनिने झाले आफैँ प्रकाशक तथा सम्पादक रहेको पत्रिका मधेशवाणीमा तत्कालीन भूमिगत समूह जनतान्त्रिक तराई मुक्ति मोर्चा (गोइत समूह) को सशस्त्र समूहमा भर्ना खुलेको भन्दै विज्ञापन छापेका थिए । यही विषयमा राज्यविरुद्धको अपराधमा उनी गिरफ्तार भएका थिए।

शपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्निप्रसाद सापकोटा सहभागी भएनन् । संसद् विघटन गर्ने सरकारको कदमप्रति उपराष्ट्रपति पुन र सभामुख सापकोटाले असहमति राख्दै आएका छन् । तिलक परियारले राजनीतिक प्रतिशोधका आधारमा आफूलाई पदमुक्त गरिएको प्रतिक्रिया दिएका छन्।

परियार १८ कात्तिक ०७६ मा प्रदेश प्रमुख नियुक्त भएका थिए । राष्ट्रपति भण्डारीले त्यसवेला पनि मन्त्रिपरिषद्को सिफारिसमा त्यसअघि कांग्रेस सरकारले नियुक्त गरेका सातै प्रदेशका प्रदेश प्रमुखहरूलाई पदमुक्त गरेकी थिइन्।

यसै सन्दर्भमा राष्ट्रिय दलित पत्रकार संघ नेपाल, काठमाडौं उपत्यका कमिटीका उपाध्यक्ष गणेश विकले समाजिक संजालमा यस्तो लेखेका छन् :

gbk2053

Kantipath Media

यो छुट्टाउनु भो कि..