वडा अध्यक्ष उम्मेदवारको मृत्यु !

राजविराज । राष्ट्रिय जनता पार्टी नेपालका राजविराज नगरपालिका–१५ का लागि वडा अध्यक्षका उम्मेदवार महन्थी यादवको आज साँझ निधन भएको छ । 

Rajviraj death

साविकको देउरी भरुवा गाविस, हाल राजविराज–१५ बस्ने ६५ वर्षीय यादव रक्त क्यान्सरबाट पीडित थिए उनको घरमै निधन भएको राजपा नेपालका महासचिव मनिष कुमार सुमनले जानकारी दिए । 

यही असोज २ गते सोमबार प्रदेश नं २ अन्तर्गत सप्तरीमा हुने स्थानिय तह निर्वाचनका लागि उनले राजविराज नगरपालिका–१५ बाट राजपा नेपालका तर्फबाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए  । 

२०५४ सालमा साविकको देउरीभरुवा गाविसमा नेकपा (एमाले)को तर्फबाट उनि वडा अध्यक्ष निर्वाचित भएका थिए |

Kantipath Media

यो छुट्टाउनु भो कि..