पुलिसको डण्डाले करङ दुखिरा’छ, आज जसरी नि पुल उद्घाटन गर्छु : पौडेल

128568650 35584900908979

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पुलिसको डण्डाले आफ्नो शरीरमा दुखाइ बढेको र शरीर थिलोथिलो भएको बताएका छन् । नेता पौडेलले बुधबार पुल उद्घाटन गर्न जाने क्रममा पुलिसले बल प्रयोग गर्दा आफ्नो शरीर थिलोथिलो भएको बताए ।

तनहुँको ब्यास नगरपालिका वडा नम्बर १, १० र ११ जोड्ने बुल्दी खोलामाथिको पुल बुधबार उद्घाटन गर्न जाँदा निषेधाज्ञा उलंघन गरेको भन्दै प्रहरीले पौडेललाई नियन्त्रणमा लिएर ३ घन्टापछि रिहा गरेको थियो । नेपाली कांग्रेसले आज बिहान ११ बजे पुल उद्घाटन गर्ने कार्यक्रम सफल हुने जनाएको छ ।

तीन घन्टा प्रहरीको नियन्त्रणमा रहेका पौडेलले हिजो भन्दा आज दु:खाइ बढेको बताए । उनले भने, ‘हिजो भन्दा आज शरीर थिलोथिलो भएको छ । पुलिसको डण्डाले पेलिएर मेरा करङमा दु:खाइ बढ्यो ।

आफ्नो पहल र प्रयासमा निर्माण भएको पुलको आज जसरी पनि उद्घाटन गर्ने उनले बताए । उनले भने, ‘मेरै पहलमा निर्माण भएको पुलको उद्घाटन गर्न मलाइ नै रोकेर राजनीतिक गर्ने काम भयो । यहाँका सांसद र वर्तमान सरकारले केन्द्रबाटै बल प्रयोग गर्न निर्देशन दिएको थियो । तर, आज मैले पुलको उद्घाटन गरेरै छाड्छु ।’

Kantipath Media

यो छुट्टाउनु भो कि..