लकडाउनमा रामेछापका प्रमुख जिल्ला अधिकारी र प्रहरीको प्रशंसनीय सकृयता

r2रामेछाप सम्बाददाता : जिल्ला प्रशासन कार्यालय रामेछापले लकडाउनलाई प्रभावकारी बनाउन अनुगमन थालेकाे छ । आईतबार प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माको नेतृत्वमा जिल्ला सुरक्षा समितिको टाेलीले खाँडादेवी र सुनापाति गाउँपालिका पुगेर अनुगमन गरेकाे हाे । गाउँपालिकामा क्वारेन्टिन र आईसुलेसन बेर्डकाे अबस्था, त्यसको मापदण्ड र बाहिरबाट आएका मानिसहरू कसरी राखिएकाे छ भनेर अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले बताईन् । अनुगमनकाे क्रममा जिल्लामा काेराेनाकाे संक्रमण जाेखिमलाई ध्यामा राखेर त्यसकाे तयारी तथा श्राेत साधनकाे ब्यबस्थापन र संक्रमण फैलियमा कसरी काम गर्ने भनेर स्थानीय तहका जनप्रतिनिधिसंग छलफल गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले जानरी दिइन ।

राहत वितरणमा समेत असाहाय, मजदुर निम्न आय भएका ब्यक्तिहरूलाई नछुटाउन हामीले अग्रह गरेका छाै उनले भनिन् । किसानलाई खेतीपाती गर्न र ठूला विकास निर्माणका कार्य सञ्चालनकाे लागि आफूहरूले सहजिकरण गरिएको समेत प्रमुख जिल्ला अधिकारी शर्माले बताईन । अनुगमनका क्रममा शान्ति सुरक्षालाई मजबुत बनाउन र बाहिरबाट आएका ब्यक्तिहरूकाे निगरानी गर्न मातहतका सुरक्षा निकायलाई निर्देश दिइएकाे प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिए । अहिलेकाे अवस्थामा प्रहरीलाई लकडाउन कार्यान्वयन र शान्ति सुरक्षा कायम गर्ने दाेहाेराे जिम्मेवारी रहेकाले उच्च सतर्कता काम गर्न चाैकीहरूलाई निर्देशन दिएकाे प्रहरी नायव उपरिक्षक पाठकले बताए ।

जिल्ला प्रहरीकाे कमाण्ड सम्हाले लगतै चाैकीहरूकाे निरीक्षण गरेका प्रहरी नायव उपरीक्षक पाठकले अाफूलाई जिल्लाकाे भाैगाेलीक अवस्था र सुरक्षा संवेदनशील क्षेत्रकाे विषयमा राम्रोसँग जानकारी भएकाले अहिलेकाे अवस्थामा आवश्यक सुरक्षा रणनीति लागू गर्न सहज भएको बताए । रामेछापमा लकडाउन शुरू भएदेखि नै प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायकाे निकै सकृयता देखिएकाे छ । अहिलेकाे अवस्थामा प्रमुख जिल्ला अधिकारी र प्रहरीकाे सकृयता तथा समन्वय र सहयाेगले आफूहरूलाई काम गर्न सहज भएकाे सुनपाति गाउँपालिकाका अध्यक्ष धावा लामाले बताए । महामारी र प्रकाेपकाे समयमा गाउँ गाउँमा पुगेर प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखले यसरी काम गर्नु उदाहरणीय भएकाे जनप्रतिनिधिहरूले बताए ।

r1

Kantipath Media

यो छुट्टाउनु भो कि..