राजिनामाको लागि तयार थियौ, विद्रोह निश्चित छ : रामकुमारी झाँक्री

नेकपा (एमाले) की केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीले राष्ट्रिय सभामा निर्वाचित खिमलाल देवकोटालाई बधाई दिएकी छन् । संसद सदस्यबाट नै राजिनामा गर्न तयार आफुहरूलाई राष्ट्रिय सभामा कसलाई भोट हाल्ने? भन्ने प्रश्न मामुली प्रश्न भएको बताएकी छन्। अहिले पार्टी भित्रै एउटा स्पेसका लागि संघर्षरत अबस्थामा भएकाले पार्टी भित्रको परिस्थितिमा कुनै बदलाव न आएको उनले बताईन । अन्यायको विरुद्ध बिद्रोह निश्चित भएको पनि झाँक्रीको जिकिर छ।

राष्ट्रियसभा सदस्यमा कांग्रेस,माओवादी र एमालेको माधव नेपाल पक्षीय गठबन्धनका उम्मेदवार खिमलाल देवकोटा विजयी भएका छन् । एमाले उम्मेदवार रामबहादुर थापा बादललाई पराजित गर्दै देवकोटा विजयी भएका हुन् ।

देवकोटाले कुल ५०८८ मतभारसहित विजय हासिल गरेका हुन् । बादलले ४ हजार १४ मत प्राप्त गरेका छन् । एमालेको माधव नेपाल पक्षका मत तान्न नसकेपछि बादलको विजय असम्भव बनेको हो ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..