उपरथीमा बढुवा भएका राणाले लाए दर्ज्यानी चिन्ह

प्रधानसेनापति पूर्णचन्द्र थापाले पाइलट उपरथी दर्जामा पदोन्नति भएका पाइलट सहायक रथी आशिश नरसिंह राणालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । शुक्रबार प्रधानसेनापति थापाले जङ्गी अड्डामा आयोजित विशेष कार्यक्रमकाबीच राणालाई पाइलट उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

असार ०७ गतेको मन्त्रिपरिषद्को बैठकले पाइलट सहायक रथी राणालाई पाइलट उपरथी दर्जामा पदोन्नति गरेको थियो । पाइलट उपरथी दर्जामा पदोन्नति भएका पाइलट उपरथी राणालाई श्री सैनिक हवाई महानिर्देशनालयको महानिर्देशकमा पदस्थापन गरिएको नेपाली सेनाले जनाएको छ ।

उक्त कार्यक्रममा नेपाली सेनाका रथी तथा अधिकृतहरुको उपस्थिति रहेको थियो । अस्कल क्याम्पसबाट साइन्स पढेका राणा फिक्स्ड विङ्ग जहाज उडाउने पाइलट हुन् ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..