जनताको करमा टिकेको सरकार नाफाखोर ब्यापारी मात्र बन्न सक्दैन : तामाङ्ग

0000 oli nigam

0000 oli nigam

सरकारले इन्धनमा गरेको मुल्यवृद्धि तत्काल हटाउन अनेरास्ववियूले माग गरेको छ । सरकारले एक वर्षमा ९ पटक इन्धनको मुल्यवृद्धि गरेको भन्र्दै आपत्ती जनाएको हो । अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले इन्धनमा भएको मुल्यवृद्धिले जनता र विद्यार्थीलाई आक्रोशित बनाउने काम गरेको बताए ।

संगठनको तर्फबाट आज विज्ञप्ति जारी गर्दै तामाङ्गले भने, ‘सरकार र सरकार नियन्त्रित नेपाल आयल निगमले यस आर्थिक वर्षमा मात्रै नवौं पटक पेट्रोलियम पदार्थमा मुल्यवृद्धि गरेर लगातार रुपमा जनताको ढाड सेक्ने काम गरेको छ । यसअघि गरिएको मुल्यवृद्धि फिर्ता गर्न माग गर्दै अनेरास्ववियू सङ्घर्षमा उत्रिरहेकै वेला उल्टो मुल्य वढाउने कार्यले जनता र विद्यार्थीलाई आक्रोशित वनाउने काम गरेको छ । कोरोना कहर र लामो लकडाउनका कारण थिलोथिलो भएका जनतालाई राहत र सहुलियत दिनुको सट्टा उनीहरुको चुलो चौकोमै वज्रप्रहार गर्ने कार्य अत्यन्तै निन्दनीय र गैरजिम्मेवारपुर्ण रहेको छ ।’

‘अन्तर्राष्ट्रिय बजारमा मुल्य वढाउँदा यहाँ तत्काल बढाउने तर अन्तर्राष्ट्रिय बजारमा मुल्य घटेको बेला यहाँ नघटाउने प्रवृत्ति विगतदेखि नै देखिंदै आएको छ,’ तामाङले भने,‘आयल निगममा ब्याप्त भष्ट्रचार, अनियमितता र चुहावट रोक्ने तर्फ ध्यान दिनुको सट्टा पटक्कै ध्यान दिइएको छैन ।’ उनले दुई रङ्गको सिलिन्डर बनाएर विद्यार्थीलाई सहुलियतपूर्ण दरमा ग्यास उपलब्ध गराउने सहमति अहिलेसम्म कार्यान्वयन गरिएको पनि बताएका छन् । सहसंयोजक तामाङले जनताको करमा टिकेको सरकार नाफा निकाल्ने ब्यापारी मात्रै हुन नसक्ने बताए ।

Kantipath Media

यो छुट्टाउनु भो कि..