विद्या भण्डारीलाई यथाशिघ्र महाअभियोग लगाउनुपर्छ : रन्जित तामाङ

अखिल(क्रान्तिकारी) अध्यक्ष रन्जित तामाङले रास्ट्रपतिलाई महाअभियोग लगाउन माग गरेका छन । संयुक्त बिध्यार्थी संगठनले अदालतको फैसलालाई स्वागत गर्न काठमाडौको भृकुटीमण्डपमा सोमबार आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दै अध्यक्ष तामाङले उक्त माग राखेका हुन ।

संबिधानको संरक्षकको भूमिकामा रहेको रास्ट्रपतिले पटक पटक केपी ओलीको असंबैधाननिक कदममा साथ दिएर अपराध गरेको भन्दै तामाङले भने ” केपी ओलीको हरेक असंबैधानिक कदममा रबर स्टाम्पको भुमिका निभाएकोले संसदले रास्ट्रपतिलाई महाअभियोग लगाओस । अन्यथा बिध्यार्थीहरु महाअभियोगको माग सहित सडकमा जान्छ ।”

दुइ दुई पटकको संसद विघठनमा साथ दिएको र ब्यबस्थापीकाका कामहरु अध्यादेश मार्फत ल्याउन सघाउने कदमहरुमा रास्ट्रपतिको काफी आलोचना हुँदै आएको थियो । सर्वोच्चको फैसलापछि काठमाडौमा फैसलाको स्वागतमा छुट्टाछुट्टै व्यापक प्रदर्शनहरु भएका छन् ।

बिपक्षी पाँच बिध्यार्थी संगठनहरुको मोर्चाको कार्यक्रमलाई नेपाल बिद्यार्थी संघका महामन्त्रि बलदेब तिमल्सिना, माओवादी(केन्द्र) निकट वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखा, अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली, समाजवादी बिध्यार्थी यूनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, अखिल छैठौंका अध्यक्ष बिमल पोखरेल लगायतले संबोधन गरेका थिए ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..