पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल खारेज गर : अध्यक्ष तामाङ्ग

अखिल (क्रान्तिकारी)ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्न माग गरेको छ। अत्यावश्यकीय उपभोग्य वस्तु पेट्रोलियम पदार्थमा भउको मूल्यवृद्धिले चौतर्फी महँगी बढ्ने भन्दैअखिल (क्रान्तिकारी) का अध्यक्ष रन्जित तामाङ्गले मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेका हुन्।

कोरोना महामारीको संकटका बेला जनताको चुलो बन्द गराउने सरकार र नेपाल आयल निगमको दुर्नियत निन्दनीय भएको समेत तामाङ्गको ठहर छ। पटकपटक उपभोक्ताको ढाड सेक्ने गरी गरिएको चर्को मुल्यवृद्धिको बिरुद्ध प्रतिरोध गर्नसमेत तामाङ्गले अपिल गरेका छन्।

तामाङ्गले भने, ‘नालायक सरकारले पेट्रोलियम पदार्थमा फेरि मुल्यबृद्धि गरेको छ । जसका कारण चौतर्फी महंगी बढ्ने छ, महामारीबाट छटपटिएको जनताको ढाढ सेक्ने मुल्यबृद्धि खारेज गर !!’

निगमले पेट्रोल, मट्टितेल तथा डिजेलको मूल्य लिटरमा २ रुपैयाँले बढाएको छ। यस्तै, हवाई इन्धन ९आन्तरिक उडानको मूल्य पनि प्रतिलिटर २ रुपैयाँ बढाएको छ। यस्तै, हवाई इन्धन (अन्तर्राष्ट्रिय)को मूल्य प्रतिकिलोलिटर १९ अमेरिकी डलर बढाएको छ।

निगमले खाना पकाउने (एलपी) ग्यासको मूल्य समेत बढाएको छ। खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाइएको छ। खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १ हजार ४२५ रुपैयाँ पुगेको छ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..