बिहेमा गएकी ११ वर्षीया बालिकालाई पैसाको प्रलोभनमा पारी बलात्कार

म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानमा ११ वर्षीय बालिकामाथि बलात्कार भएको छ ।

स्थानीयवासी २१ वर्षीय विजय विकले बलात्कार गरेको पीडितका आफन्तले वैशाख १९ गते प्रहरी कार्यालयमा दर्ता गरेको जाहेरीमा उल्लेख छ ।

विजयले पैसाको प्रलोभनमा पारेर बलात्कार गरेको पीडितको भनाइ छ । विजयको खोजी र घटनाको अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक राईले बताए ।

देवीस्थानमा एकै दिन दुई वटा अपराध भएका छन् ।

वैशाख १४ गते त्यहाँ छिमेकमा विवाह थियो ।

बलात्कारको शिकार बनेकी बालिका विवाहमा गएकी थिइन् ।

दुवै घटनाका बारेमा आइतबार प्रहरीले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको हो ।

BK
Bkganesh201[email protected]
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..