रौतहटमा स्रोत नखुलेको ३० लाखसहित २ भारतीय पक्राउ

रौतहटबाट प्रहरीले ३० लाख ७६ हजार रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ। भारतको मोतिहारीका बान्टीकुमार कलवार र सुरज कलवारलाई प्रहरीले पक्राउ गरेको हो।

बुधबार बिहान परोहा नगरपालिका वडा नम्बर ९ बाट उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। भारतबाट बिआर ०५ आर ४५२१ नम्बरको मोटरसाइकलमा नेपाल आउँदै गरेका उनीहरूमाथि प्रहरीले चेक गरेको थियो।

प्रहरीले उनीहरूको झोलाबाट ३० लाख ७६ हजार रुपैया बरामद गरेको कार्यालयले जनाएको छ।

उक्त रकमको स्रोत नखुलेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो। प्रहरीले उनीहरुमाथि थप अनुसन्धान गरिरहेको छ।

BK
http://kantipath.com

यो छुट्टाउनु भो कि..