रबि किरणको प्रश्न : मदन भण्डारीले न्याय नपाएको देशमा निर्मलाले न्याय पाउलिन त ?

ch mnrनेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अनेरास्ववियूका केन्द्रीय नेता रबि किरण यादवले मदन भण्डारीले न्याय नपाएको देशमा निर्मलाले न्याय पाउलिन र भन्दै शंका ब्यक्त गरेका छन् । सामाजिक संजाल फेसबुकमा उनले भनेका छन् “क. जिवराज आश्रित कि सुपुत्रीका अनुसार कमरेड मदन भण्डारी र क. जीवराज़ आश्रितको दुर्घटनाबारे अहिलेसम्म कुनै छानवीन भएको छैन । दुर्घटना भएको जीपक़ा चालक अमर लामाको हत्या नै भयो तर न त दुर्घटनाको छानविन भयो न त हत्याका विषयमा तथ्य उजागर भए । जिप दुर्घटना षड्यन्त्र हो भनी चर्क़ो आवाज़ बुलन्द गर्ने क. के.पी ओली प्रधानमंत्री तथा क. भण्डारी पत्नी विद्यादेवी भण्डारी राष्ट्रपति छिन् । सत्ता शक्ति तथा अख़्तियारको सामीप्यताका हिसाबले पुराना फ़ाइल पल्टाउने यो ज़स्तो उपयुक्त समय कहिल्यै हुनेवाला छैन ।

तर सायद सत्ताको बिलासीताले सबैलाई अल्छि बनाउँदो हो । सत्ताको स्पर्शले चरम सुखको अनुभूति गराउँदो हो जहाँ सारा रिसराग , शत्रु-मित्र , दुःख-सुख भुलेर केवल सत्ता उपभोगका निम्ति गुहार लगाउँदो हो । सायद सत्ताको अन्तिम विंदुमा पुगेर होला सबैले मोक्ष प्राप्त गरेझैं शान्त छन् , शान्ति छ । मनले एक्कासी दुई घटनाविचको अनपेक्षित तर स्वभाविक सम्बन्ध गाँस्यो , “मदन आश्रित ले न्याय नपाएको देशमा निर्मलाले के नै आश गर्न सक्छिन् ….“

Kantipath Media

यो छुट्टाउनु भो कि..