संबिधान फाल्ने षड्यन्त्र हुँदैछ : रामचन्द्र पौडेल

नेपाल काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिबाट नयाँ सरकार गठनका लागि प्रक्रिया सुरु गर्नुलाई संसद् विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भएको टिप्पणी गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (५) अनुसार सरकार गठनको प्रक्रिया सुरु गरेपछि बिहीबार साँझ फेसबुकमार्फत प्रतिक्रिया दिँदै पौडेलले यस्तो प्रतिक्रिया दिएका हुन् ।

राष्ट्रपतिले २४ घण्टाको पनि समय नदिइकन संविधानको धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न आह्वान गर्नु भनेको संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र हो ।

सामान्यतया नयाँँ सरकार गठनका लागि न्यूनतम तीन दिनको समय दिने प्रचलन हो । तर एकाएक २४ घण्टाको पनि समय नदिइ सरकार गठनको आह्वान गर्नु भनेको संसदलाई विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भन्दा अरु केहि हुन सक्दैन् । यो अवस्थामा सम्पुर्ण राजनीतिक दलहरुलाई नेपाली जनताको ७० वर्षको त्यागबाट आएको संविधान जोगाउने प्रयासमा लाग्न हार्दिक अपिल गर्दछु ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..