जातका कारण कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी रिहा भइन्

सञ्चारकर्मी रूपा सुनारलाई जातका कारण आफ्नो घरको कोठा भाडामा दिन नमानेको आरोपमा पक्राउ परेकी बबरमहलकी एक घरबेटी बुधबार रिहा भएकी छन्।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले जिल्ला सरकारी वकिलको कार्यालयले उनको मुद्दा अदालतमा नलिई रिहा गरिदिएको कान्तिपथ डटकमलाई जानकारी दिए।

यसअघि प्रहरीले प्रधान थरकी ती घरबेटीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो।

अनुसन्धान फाइल जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाइएको थियो। सरकारी वकिलको कार्यालयले घरबेटीविरूद्ध प्रमाण नपुगेको भन्दै मुद्दा फिर्ता गरेको एसएसपी सिंहले बताए ।

सञ्चारकर्मी रुपालाई काेठा नदिने घरबेटी तीन दिन हिरासतमा

सञ्चारकर्मी रूपा सुनारलाई कोठा नदिने घरबेटी पक्राउ

को हुन् रुपा सुनारको मुद्दा दर्ता गर्न नमान्ने इनिस्पेक्टर सुवेदी ? यस्तो छ कालो कर्तुत

रुपा सुनारलाई छुवाछूत गर्ने प्रधानलाई कारवाही गर्न कांग्रेसद्धारा माग

रुपा सुनारलाई दलित भएकै कारण कोठा नदिने घरबेटी विरुद्ध मुद्दा दर्ता

रुपा सुनारले भनिन्, ‘कामीको छोरी’ भएकै कारण मैले काठमाडौंमा डेरा पाइनँ

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..