एक महिनामा ५९ % ले राजस्व वृद्धि : कुन क्षेत्रबाट कति कर उठ्यो ?

चालू आर्थिक वर्षको पहिलो महिनामा राजस्वमा उल्लेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षमा कोभिड १९ ले आर्थिक क्रियाकलाप सुस्त हुँदा राजस्वमा कमी आएको थियो । अर्थ मन्त्रालयको तथ्यांकअनुसार चालू वर्षको पहिलो महिना अर्थात् साउन महिनामा गत वर्षको साउन महिनाको तुलनामा ५९ प्रतिशतले राजस्व बढेको छ । आर्थिक वर्ष २०७६/७७ को पहिलो महिना ७३ अर्ब ८९ करोड रुपैयाँ राजस्व उठेको थियो । आर्थिक वर्ष २०७७/७८ मा १० प्रतिशतले घटेर ६६ अर्ब ६२ करोड रुपैयाँ मात्रै राजस्व उठेको थियो ।

चालु वर्षको साउनमा एकै पटक ३९ अर्ब अर्थात् ५९ प्रतिशतले बढेर १ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ ।

कुन क्षेत्रबाट कति राजस्व ?
मूल्य अभिवृद्धिकर : २६ अर्ब
भन्सार महसुल : १८ अर्ब १४ करोड
आयकर : २० अर्ब २९ करोड
अन्तशुल्क : ११ अर्ब ७५ करोड
शिक्षा सेवा कर : २ करोड ६६ लाख
गैरकर : १७ अर्ब ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..