क्रान्तिकारीद्वारा हेलम्बुमा १३५ वोरा चामल, १०० थान ब्ल्यांकेट लगायत राहत हस्तान्तरण

४ असार , हेलम्बु । सिन्धुपाल्चोकको वाढि पहिरोग्रस्त क्षेत्र हेलम्बु गाउँपालिकामा नेकपा( माओवादी केन्द्र ) निकट अनेरास्ववियू (क्रान्तिकारी )को केन्द्रीय टोलीले राहत हस्तान्तरण कार्यक्रम गरेको छ।

अध्यक्ष रञ्जित तामाङ नेतृत्वमा गएको टोलीले शुक्रबार सांझ हेलम्बु गाउँपालिका वडा नं २ का अध्यक्ष छिरिङ ग्याल्वु लामा र स्थानीय नेता भरत थापा सहितको टोलीलाई राहत हस्तान्तरण गरेको थियोे ।

बाढी पीडितको निम्ति १३५ बोरा चामल, १०० केजी दाल , १०० थान ब्ल्यांकेट, १५० वटा सोलार लाइट, २ बन्डल म्याट्रेस, ७० थान टेन्ट र विभिन्न आधारभुत स्वास्थ्य सामग्री सहितको राहत हस्तान्तरण गरिएको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जनाए।

यसैगरी अनेरास्ववियू (क्रान्तिकारी ) ले वाढिग्रस्त क्षेत्रमा संगठनका सम्पुर्ण नेता कार्यकर्तालाई राहत तथा उद्धार कार्यमा अहोरात्र खट्न निर्देशन गरिएको बस्नेतले वताए।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..