विश्वका धनाड्यको सुची हेरफेर : संसारभर २७ सय ५५ अर्बपति

https images.forbes.com Billionaires2021 ListHeader 2 Billionaires2021 Desktop LanderHeader v2

https images.forbes.com Billionaires2021 ListHeader 2 Billionaires2021 Desktop LanderHeader v2

चर्चित म्यागजिन फोर्ब्सको ३५औँ वार्षिक अर्बपति सूचीमा यो वर्ष अमेजनका जेफ बेजोसले बाजी मारेका छन्। संसारकै धनाढ्य उनको सम्पत्ति १ खर्ब ७७ अर्ब अमेरिकी डलर पुगेको छ। एक वर्षअघिको तुलनामा उनको सम्पत्ति ६४ अर्ब डलर बढी हो। अमेजनको सेयर मूल्य बढ्दा बेजोस सर्वाधिक धनी बन्न पुगेका हुन्।

दोस्रो स्थानमा भने टेस्लाका प्रमुख एलन मस्कले ओगटेका छन्। उनको सम्पत्ति १ खर्ब ५१ अर्ब डलर छ। एक वर्षअघि उनको सम्पत्ति १ खर्ब २६ अर्ब डलर थियो। तर उनी छोटो समयमा धेरै धनार्जन गर्ने अर्बपति हुन्। गत वर्ष उनी ३१औँ नम्बरमा थिए। तर यो वर्ष टेस्लाको सेयर ७०५ प्रतिशतले बढेपछि उनी संसारकै दोस्रो ठूलो धनी बनेका हुन्।

तेस्रो स्थान फ्रेन्च लक्जरी सामान व्यापारी बर्नार्ड आर्नल्ट बनेका छन्। उनको सम्पत्ति १ खर्ब ५० अर्ब डलर छ। चौथो स्थानमा माइक्रोसफ्टका मालिक बिल गेट्स छन्। उनको सम्पत्ति १ खर्ब २४ अर्ब डलर छ। पाँचौँ स्थानमा रहेका फेसबुकका मार्क जुकरबर्गको सम्पत्ति ९७ अर्ब डलर छ। छैठौँ स्थानमा भने बर्कशाइर हाथावेका वारेन बफेट छन्। उनको सम्पत्ति ९६ अर्ब डलर छ।

सातौँ स्थानमा सफ्टवेयरका मालिक ल्यारी एलिसन छन्। उनी ९३ अर्ब डलर सम्पत्तिका मालिक हुन्। गुगल प्रमुख ल्यारी पेज ९१ अर्ब ५० करोड डलरसहित आठौँ स्थानमा रहँदा गुगलकै सर्जे ब्रिन ८९ अर्ब डलरसहित नवौँ स्थानमा छन्।

फोर्ब्सको सूचीअनुसार संसारभर दुई हजार सात सय ५५ जना अर्बपति रहेका छन्। एक वर्षअघिभन्दा यो ६ सय ६० जना बढी हो। यी सबैको कुल सम्पत्ति नै १ सय ३१ खर्ब अमेरिकी डलर पुग्ने फोर्ब्सले जनाएको छ। यीमध्ये ४ सय ९३ जना नयाँ अर्बपति बनेका छन्। हरेक १७ घण्टामा एक जना नयाँ अर्बपति बनेको फोर्ब्सले जनाएको छ। तिनमा पनि २ सय १० जना चीन र हङकङका छन् भने ९८ जना अमेरिकाका छन्।

 

Kantipath Media

यो छुट्टाउनु भो कि..