ओली समूहका विद्यार्थीद्वारा प्रचण्ड–नेपाल पक्षमाथि आक्रमण

oli rr bidhyarthi

oli rr bidhyarthi

आरआर क्याम्पसमा प्रधानमन्त्री केपी शर्मा ओली समूहका विद्यार्थीले प्रचण्ड–नेपाल समूहका विद्यार्थीमाथि आक्रमण गरेका छन्। ओली पक्षका विद्यार्थीको आक्रमणबाट प्रचण्ड–नेपाल पक्षका दिपक बस्नेत, दिलिप खड्का, विशाल रिजाल र मनिस बस्नेत घाइते भएका हुन्।

मंगलबार बिहान सरस्वती पूजा गरिरहेका समयमा ओली समूहका लोकेश खड्का, उज्वल खड्का लगायतले प्रचण्ड–नेपाल पक्षका विद्यार्थीमाथि आक्रमण गरेका हुन्। उनीहरुले क्याम्पस प्रांगणमै आक्रमण गरेको प्रचण्ड–नेपाल पक्षका विद्यार्थी नेताहरुले बताए।

उनीहरुको मोडेल अस्पतालमा उपचार भइरहेको छ । आफूहरुमाथि ओली पक्षका विद्यार्थीहरुले आक्रमण गरेपछि घाइते विद्यार्थीहरुले महानगरीय प्रहरी वृत्त अनामनगरमा उजुरी गरेका थिए। उजुरीपछि प्रहरी क्याम्पस पुगेर सीसीटीभी फुटेज मागे पनि क्याम्पसले उपलब्ध नगराएको प्रचण्ड–नेपाल समूहका नेताले बताए ।

Kantipath Media

यो छुट्टाउनु भो कि..